चोलेन्द्रको बहिर्गमनपछि बल्ल प्रधानन्यायाधीश सिफारिस

चोलेन्द्रको बहिर्गमनपछि बल्ल प्रधानन्यायाधीश सिफारिस

काठमाडौं : चोलेन्द्र शमशेर राणाको बहिर्गमनपछि कायममुकायमको भरमा चलेको सर्वोच्च अदालतले बल्ल प्रधानन्यायाधीश पाउने भएको छ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो।

उपसभामुख इन्दिरा रानाले कार्कीलाई योग्यता र वरिष्ठताका आधारमा प्रधानन्यायाधीश सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको जानकारी दिइन।

२०७८ फागुन १ देखि सर्वोच्च अदालत कायममुकायमको भरमा चल्दै आएको छ। न्यायालयको इतिहासमा २०७९ साल कायममुकायमकै नेतृत्वमा बितेको छ।

विचाराधीन मुद्दा सक्न ७ वर्ष…

चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च कायममुकायमको भरमा चल्दै आएको छ। प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लामो समयदेखि अघि बढ्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले तत्काल प्रक्रिया अघि बढाउन निरन्तर दबाब दिँदै आएको थियो।

संवैधानिक परिषद्को बैठकले कायममुकायम रहेका कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री धनराज गुरुङले जानकारी दिए। अब संसदीय सुनुवाइपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा कार्कीलाई नियुक्ति गर्नेछन्।

संसदीय सुनुवाइ समिति भने गठन भइसकेको छैन। सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम दिन दलहरूलाई भनेका छन्।

प्रधानमन्त्री प्रचण्ड आफैँ अलमलमा पर्दा चोलेन्द्रको महाभियोग डिसमिस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading