मिराया गल्फ एन्ड वेलनेस रिसोर्टको प्रख्याति : बेस्ट केप्ट सेक्रेट

मिराया गल्फ एन्ड वेलनेस रिसोर्टको प्रख्याति : बेस्ट केप्ट सेक्रेट

नवलपरासी : सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ। शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ।

अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट साबित हुने सीजी हस्पिटालिटीले दाबी गरेको छ। सीजी इन्डस्ट्रियल पार्क भित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको मिरायाका अतिथिहरूले गल्फको विशेष मज्जा लिन पाउने छन्। शाश्वतधामका दर्शनार्थीहरूका लागि समेत रिसोर्ट उत्तिकै सुविधाजनक हुने दाबी सीजी हस्पिटालिटीको छ।

‘वेलनेश, आध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रूपमा मिराया वेलनेश एन्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु। चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरूलाई मूर्तरूप दिनेगरि तयार गरिएको छ। यहाँ हाम्रा पाहुनाहरूले फरक अनुभूति गर्नु हुनेछ भन्ने मेरो विश्वास छ।’

यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्ति सहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रूपमा लिइएको छ। मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तव्य, स्वतन्त्र रूपमा भ्रमणमा उत्साही यात्रुहरूका लागि पनि उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ।

मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्न गतिविधिहरू र अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्। रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन्। साथै वाइन टेस्टिङ वर्कसप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ता सुविधाहरू पनि रिसोर्टमा छन्। देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुचि भएका मानिसहरूका लागि पनि मिराया उत्कृष्ट गन्तव्य बन्ने दाबी सीजी हस्पिटालिटीले गरेको छ।

मिराया गल्फ एन्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमा प्रख्यात छ। आरामदायी रूपमा बस्न मन पराउँने अतिथि वा उनीहरूको अनुभवलाई प्रयोग गर्न चाहनेहरूका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू यस कार्यका लागि समर्पित छन्। रमणीय जङ्गल र प्रकृतिले घेरिएको यस रिसोर्टले आफ्नो बलियो पर्यावरण–मैत्री दृष्टिमा गर्व गर्दछ।

रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ। वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एन्ड ग्रिल, १९ औँ होल जस्ता विकल्प यहाँ उपलब्ध छन्।

काठमाडौँदेखि पश्चिम, चितवनको सामीप्यमा रहेको मिरायाबाट देवचुलीपर्वतको अविरल दृश्यपान गर्न सकिन्छ। यो भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरूबाट नजिकको दूरीमा छ।

मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन्। यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौँबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ। साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौँबाट मिरायामा अवतरण गर्न सकिन्छ।

रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरू सहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि सुसज्जित बनेको छ। आध्यात्मिक अनुभव खोज्नेहरूका लागि मिरायाले शाश्वतधामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरू पनि उपलब्ध गराउँदछ।

सीजी हस्पिटालिटीका बारेमा


सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलको मातहतमा तीव्र गतिमा विस्तार भइरहेको एक प्रतिष्ठित आतिथ्य सत्कार कम्पनी हो। हस्पिटालिटी उद्योगमा दुई दशक लामो इतिहास रहेको सीजी हस्पिटालिटीको छाता भित्रताज सफारी, भीभान्ता, जेटविङ, इक्होे, फेयरमन्ट, र्‍याडिसन, द फर्न, समिट र द फार्म जस्ता प्रमुखआतिथ्य ब्रान्डहरू रहेका छन्।

हाल नेपाल, भारत, श्रीलङ्का, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्यान्ड, चीन, फिलिपिन्स, संयुक्त राज्य अमेरिका, मालदिभ्स केन्या लगायत विभिन्न १२ देशमा सीजी हस्पिटालिटी अन्तर्गत सञ्चालित १५९ ओटा होटलहरु रहेका छन् जहाँ ८८६३ कोठाहरू रहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading