आइसिसी विश्वकप छनौट : सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो

आइसिसी विश्वकप छनौट : सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो

काठमाडौं : आइसिसी एक दिवसीय विश्वकप छनौटमा नेपालले पहिलो जित निकालेको छ। छनौट अन्तर्गतको मङ्गलवार भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकालेको हो।

जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ। जितसँगै २ अङ्कका साथ नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ। अमेरिका भने चौथो स्थानमा झरेको छ।

जितका लागि अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालको जितमा भीम सार्कीले अविजित रहँदै ७७ रनको योगदान गरे। दीपेन्द्र सीँ ऐरिले अविजित ३९ रन जोड्दा कुशल भुर्तेलले समान ३९ रनको योगदान गरे।

त्यसअघि जिम्बाबेको ताकासिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङ थालेको अमेरिका ४९ ओभरमा अलआउट हुँदै २०७ रनमा समेटिएपछि नेपालले जितका लागि २०८ रनको लक्ष्य पाएको हो।

अमेरिकाका लागि शायन जाङ्गीरले अविजित रहँदै सर्वाधिक एक सय रनको योगदान गरे। सुशान्त मोदनीले ४२ तथा गजान्द सिंहले २६ रनको योगदान गरे।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ करण केसीले सर्वाधिक चार विकेट लिए। गुल्सन झाले तीन तथा दीपेन्द्र सीँ ऐरीले दुई विकेट लिँदा दलित राजवंशीले एक विकेट हात पारे।

नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित भएको थियो। नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जी.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन्।

मङ्गलवार नै भएको अर्को खेलमा घरेलु टोली जिम्बाबेले नेदरल्याण्डलाई हराएको छ। नेदरल्याण्ड ६ विकेटले पराजित भएको छ। जितका लागि नेदरल्याण्डले दिएको ३१६ रनको लक्ष्य जिम्बाबेले ४० दशमलव ४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालले तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ र समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्डसँग खेल्नेछ।

आइसिसी विश्वकप छनोट : सन्दीप र दीपेन्द्र महँगो साबित

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading