"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चर्चका पास्टर समलिङ्गी सन्तानको पक्षमा यसरी खडा भए (भिडियो)

चर्चका पास्टर समलिङ्गी सन्तानको पक्षमा यसरी खडा भए (भिडियो)

616
SHARES

एजेन्सी : उत्तर अमेरिकी राज्य मिसिगनको ग्रान्ड र्‍यापिड्सस्थित क्रिस्चियन रिफर्मेड चर्चका प्रतिनिधिहरूले एलजिबिटिआइक्यू सदस्यहरूलाई नेतृत्वमा बहिस्कार गर्न मतदान गरेपछि चर्चका पास्टर (पादरी) विरोधमा खडा भए।

घटना यही जुन १५ को हो। पास्टर रेभ डिभिज स्ट्रुक चर्चको वार्षिक निर्णयार्थ बसेको बैठक नै छाडेर वास्तवमा आफ्नो छोराको पक्षमा खडा भए, जो पुरुष समलिङ्गी (गे) हुन्।

क्याल्भिन युनिभर्सिटीको सभाहलमा भइरहेको एन्युअल मिटिङ छोड्नु अघि पास्टर डेभिडले सिनोडको निर्णयले आफ्नो छोरा सहित चर्चमा एलजिबिटिआइक्यू मानिसहरूलाई दिएको पीडाबारे उल्लेख गरे।

‘हामीलाई आवाज विहीनको आवाज बन्न बोलाइएको छ। तर पछिल्लो निर्णयको आधारमा केही मानिसहरूले मेरो छोरासहित एलजिबिटिआइक्यू समुदायमा कयौँ व्यक्तिको पीडालाई पाखण्डको रूपमा चित्रण गर्नेछन्। उनीहरूलाई सिआरसी (क्रिस्चियन रिफर्मेड चर्च) मा अस्वीकार गरिएको सन्देश प्रवाह भएको छ। त्यसकारण म विरोधस्वरुप यो बैठक बहिष्कार गर्दछु’ उनले भने।

पास्टर डेभिड कोठा छाड्दै गर्दा अन्य प्रतिनिधिहरू उनलाई अँगालो हालिरहेका थिए।

रिलिजन न्युजका अनुसार यसअघिको सभाले समलैङ्गिक विवाहका लागि डिकोन (पादरी भन्दा तल्लो क्रमका एक नियुक्त मन्त्री) लाई खारेज गर्न चर्चलाई आदेश दिएको थियो।

क्रिस्चियन रिफर्मेड चर्चको गभर्निङ एसेम्बलीले सम्प्रदायको सिद्धान्तविरुद्ध समलिङ्गीसँग विवाह गरेका डिकोनलाई निरन्तरता दिन चर्चले गरेको अपिललाई कायम नराख्न मतदान भएको थियो। क्रिस्चियन रिफर्मेड चर्चमा २ लाख ४ हजार बढी सदस्यहरू छन्।

सम्बन्धित समाचार

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

समाचार शेयर गर्नुहोस्
616
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.