रेडक्रसमा नयाँ नेतृत्व, अध्यक्षमा सुदर्शन नेपाल

रेडक्रसमा नयाँ नेतृत्व, अध्यक्षमा सुदर्शन नेपाल

काठमाडौँ : नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको नयाँ नेतृत्व चयन भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन अनुसार निर्वाचनबाट ३३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।

साउन १ मा सुरु भएर २ गते काठमाडौँमा सम्पन्न नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय सभाको विशेष महाधिवेशनले आगामी २ वर्षे अवधिका लागि केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो। केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य गरी ३३ जना निर्वाचित भएका छन्।

विशेष महाधिवेशनले रुपन्देहीका प्रा. सुदर्शनप्रसाद नेपाललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा अर्घाखाँचीकी राधा नेपाली (महिला) र डडेलधुराका सुरेन्द्रसिंह ऐर (खुल्ला), महामन्त्रीमा तेह्रथुमका भूपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा जाजरकोटका वीरबहादुर बस्नेत, उपमहामन्त्रीमा भक्तपुरका मनोजकुमार थापा र उपकोषाध्यक्षमा कास्कीका डोलराज पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

विशेष महाधिवेशनले महिला सदस्यतर्फ मुस्ताङका पुष्पा भट्टचन शेरचन, बैतडीका शान्ति चन्द र दाङका भगवती शर्मा निर्वाचित गरेको छ। प्रदेश अनुसार केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्थाअनुसार कोसी प्रदेशबाट पाँचथरका कृष्णप्रसाद न्यौपाने (निर्विरोध), मधेस प्रदेशबाट सर्लाहीका नागेन्द्रप्रसाद चौधरी (निर्वाचित), बागमती प्रदेशबाट सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभँडेल (निर्विरोध), गण्डकीबाट स्याङ्जाका दिनेश अर्याल (निर्वाचित), लुम्बिनीबाट गुल्मीका अनुपकुमार श्रेष्ठ (निर्विरोध), कर्णालीबाट सुर्खेतका रामलाल आचार्य (निर्वाचित) र सुदूरपश्चिमबाट डोटीका लक्षीराम कुँवर (निर्विरोध) चयन भएका छन्।

केन्द्रीय सदस्यहरूमा सल्यानका यौवनप्रकाश श्रेष्ठ, प्युठानका गुमानराज पुलामी, तनहुँका प्रा. डा. कृष्णप्रसाद गौतम, बाराका सपूतबहादुर कार्की, दैलेखका भेषबहादुर थापा, रुकुम पश्चिमका शिवराम खत्री, नुवाकोटका विष्णुराज नेपाल, धादिङका नारायणप्रसाद तिमिल्सिना, धनुषाका नरेशप्रसाद सिंह, उदयपुरका विनोदकुमार बस्नेत, कैलालीका उत्तम जोशी, रोल्पाका नौलसिंह पुन, रामेछापका शिवकुमार कार्की, चितवनका हरिप्रसाद पौडेल, ओखलढुङ्गाका मोहनकुमार श्रेष्ठ र सुनसरीका उमेश थापा निर्वाचित भएका छन्।

नेरेसोको निर्वाचित कार्यसमितिको पदावधि नेरेसोको विधान (सत्रौँ संशोधन) बमोजिम आगामी २ वर्षको हुनेछ। २४२ प्रतिनिधिहरू मध्ये उपस्थित २०१ मत खसेको थियो।

तत्कालीन नेकपाबाट केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तदर्थ समितिको अध्यक्ष रहेका डा. नेत्र तिम्सिनाले यसअघि आफ्नै नेतृत्वमा नयाँ समिति बनाएको घोषणा गरेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading