निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भागबन्डा नमिल्दा समिति सभापति चयनमा ढिलाइ

भागबन्डा नमिल्दा समिति सभापति चयनमा ढिलाइ

447
SHARES

काठमाडौं : संसदीय समिति सभापति चयन दलहरूको भागबन्डामा अल्झिएको छ। दलहरूबिच भागबन्डा नमिल्दा सङ्घीय संसद्का १२ वटा समितिका सभापति चयनमा ढिलाइ भएको छ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समिति गठन नै हुन सकेको छैन। यो संयुक्त समितिमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने व्यवस्था छ।

अरू ११ वटा समिति गठन भए पनि ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बस्दै आएको छ। १२ समिति मध्ये प्रतिपक्षी नेकपा एमालेले लेखा सहित ३ समितिको सभापतिमा दाबी गरेको छ। सत्ता गठबन्धन दलहरू एमालेलाई लेखा समिति दिन तयार भए पनि अरू समितिको सभापति नछोड्ने अडानमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत समितिको सभापतिमा दाबी गरेपछि गठबन्धन भित्रै भागबन्डा मिलाउन सकस परेको छ। वैशाख १५ मा संसदीय समिति गठन भए पनि अहिलेसम्म सभापति चयन हुन नसक्नुको कारण सत्ता गठबन्धन भित्रकै भागबन्डा रहेको स्रोतले बताएको छ।

प्रतिपक्षी दललाई ३ वटा समितिको सभापति दिँदा गठबन्धन भित्रै भाग नपुग्ने भएपछि सभापति चयनबारे छलफल समेत हुन सकेको छैन। सभामुख देवराज घिमिरेले निरन्तर संवाद गरे पनि दलहरू सभापति चयनमा गम्भीर नबनेको आरोप लागेको छ।

समाचार शेयर गर्नुहोस्
447
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.