कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू नेपाली बजारमा

कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू नेपाली बजारमा

484
SHARES

काठमाडौँ : स्किन केयर इसेन्सियल प्रालीले विभिन्न इसेन्सियल तेलहरूको बिक्री वितरण सुरु गरेको छ। कम्पनीले छाला तथा कपालको हेरचाह, मसाज लगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री, लाभेनडर, आर्गन एसेन्सियल्स तेलको विक्री सुरु गरेको हो।

विश्वको विभिन्न देशबाट आयात गरिएको उच्च गुणस्तरको ती तेलहरू ३० मिलिलिटरको एम्बर बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

छाला तथा कपालको हेरचाहमा यस्ता तेलहरू प्रभावकारी देखिएका छन्। यस्ता तेलहरू प्राकृतिक र अर्ग्यानिक भएकाले छाला तथा कपालको हेरचाहमा यसको प्रयोग बढ्दो क्रममा रहेको छ।

कस्मेटिक्सको जथाभाबी प्रयोग र न्यून गुणस्तरको कस्मेटिक्सको प्रयोगले हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नयाँ पीढीहरूले कस्मेटिक्सको सीमित प्रयोग गर्न एसेन्सियल्स तेल सुरक्षित मानिने कम्पनीले दाबी गरेको छ।

एसेन्सियल्स तेलहरू छाला तथा कपालको हेरचाहसँगै मसाज गर्न समेत उपयुक्त मानिन्छ। सामान्य खत सफा गर्न, चायाँ पोतो सफा गर्न, डन्डीफोरको उपचारमा समेत एसेन्सियल्स तेलहरू प्रयोग भइरहेको छ।

सुगन्धित बिरुवाहरूबाट निकालिएको इसेंसियल तेलहरू प्राकृतिक एन्टी डिप्रेसन, दुखाइ कम गर्ने, मुड र प्रतिरक्षा बुस्टर समेत हुन्।

अत्यावश्यक तेलहरूले राम्रो सुगन्ध दिन्छ, तनाव कम गर्दछ, फंगल सङ्क्रमणको उपचार गर्दछ र निन्द्रा ल्याउन समेत सघाउने कम्पनीले जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्
484
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.