महालक्ष्मी विकास बैङ्कले पायो गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार

महालक्ष्मी विकास बैङ्कले पायो गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार

335
SHARES

काठमाडौं : कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम सङ्ख्यामा तालिम उपलब्ध गराए सँगै Banking Finance & Insurance Institute of Nepal (BFIN) द्वारा प्रदान गरिने L & D Excellence Award–2023 बाट महालक्ष्मी विकास बैङ्क पुरस्कृत भएको छ।

बैङ्कले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको जनाएको छ। श्रावण २९ गते काठमाडौँमा सम्पन्न “Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सका बिच बैङ्कलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैङ्क मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरे।

सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९वर्ष देखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैङ्कले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार शेयर गर्नुहोस्
335
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.