बल्ल कार्यान्वयनमा ‘अन्य’ को नागरिकता

बल्ल कार्यान्वयनमा ‘अन्य’ को नागरिकता

काठमाडौं : संविधानको धारा १२ र धारा १४ बल्ल कार्यान्वयनमा आउने भएको छ। संविधान जारी भएको आठ वर्ष पछि नागरिकता नियमावली संशोधन भएसँगै धारा १२ र धारा १४ कार्यान्वयनमा आएको हो।

संविधान अनुसार नागरिकता ऐन तथा नियमावली बमोजिम जारी गरिने नेपाली नागरिकताको प्रमाणपत्रमा महिला, पुरुष वा अन्य मध्ये कुनै एक लैङ्गिक पहिचान खुलाउनु पर्ने व्यवस्था भएको छ।

राजपत्रमा प्रकाशित नागरिकता नियमावलीमा लैङ्गिक पहिचान खुलाउने उल्लेख छ। नियमावलीमा लेखिएको छ, ‘ऐन तथा यस नियमावली बमोजिम जारी गरिने नेपाली नागरिकताको प्रमाणपत्र वा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रमा महिला, पुरुष वा अन्य मध्ये कुनै एक लैङ्गिक पहिचान खुलाउनु पर्नेछ।’

नेपालमा अब वैधानिक रूपमा महिला र पुरुष भन्दा फरक अनुभूति गर्ने नागरिकले अन्य लैङ्गिक पहिचानमा नागरिकता पाउने भएका हुन्। गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रमा पनि महिला, पुरुषसँग अन्य लैङ्गिक पहिचान खुलाउनु पर्ने व्यवस्था भएको छ।

नियमावलीमा महिला, पुरुष वा अन्य लैङ्गिक पहिचान खुलाउनु पर्ने उल्लेख भए पनि ‘अन्य’ बारे केही लेखिएको छैन। गृह मन्त्रालयका अनुसार नियमावली अनुसार बन्ने कार्यविधिमा यसबारे उल्लेख गरिनेछ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले पहिचान अनुसारको नागरिकता पाउनु पर्ने माग गर्दै आएका छन्।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पहिले जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनु पर्नेछ।

‘गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्नेछ’गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कार्यविधिमा लेखिएको छ।

गैरआवासीय नेपाली नागरिकता लिने निवेदनमा नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन प्राप्त भएमा सम्बन्धित दूतावासमा कार्यरत कम्तीमा अधिकृतस्तरको कर्मचारीले आवश्यक कुरा बुझी निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र अनिवार्य रूपमा राय सहित परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ।

प्राप्त निवेदनमा निवेदकको नाताभित्रको नेपाली नागरिकले र त्यस्तो नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीसमक्ष उपस्थित भई सनाखत गरिदिनु पर्नेछ।

यस्तै प्राप्त निवेदनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले छानबिन गरी त्यस्तो व्यक्ति गैरआवासीय नेपाली नागरिकता पाउन योग्य देखिएमा अनुसूची ८ङ.बमोजिमको ढाँचामा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ।

प्रमुख जिल्ला अधिकारीले छानबिन गर्दा आवश्यकता अनुसार निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्न कार्यक्षेत्र तोकिएको नेपाली कूटनीतिक नियोगसँग समेत बुझ्नु पर्ने नियमावलीमा व्यवस्था गरिएको छ।

निवेदकको नागरिकता वा राहदानीको वैधताको विषयमा बुझ्न पठाएकोमा सम्बन्धित नेपाली कूटनीतिक नियोगले पन्ध्र दिनभित्र त्यस्तो नागरिकता वा राहदानीको वैधताको विषयमा बुझी नागरिकता गराउनु पर्नेछ।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुअघि प्रमुख जिल्ला अधिकारीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यक्तिलाई अनुसूची ८च. बमोजिम शपथ गराउनु पर्नेछ।

नागरिकता नियमावली बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउन विद्युतीय माध्यमबाट समेत निवेदन दिन सक्ने व्यवस्थाको लागि मन्त्रालयले आवश्यक प्रविधिको विकास गरी त्यस्तो निवेदन विद्युतीय माध्यमबाट समेत दिन सक्ने प्रबन्ध मिलाउन सक्नेछ।

सम्बन्धित समाचार

नागरिकता कानुन : तोकिएको लैङ्गिक पहिचान कार्यान्वयन कसरी?

चार थरीका नागरिकता : १५ सय एलजीबीटीआईलाई पहिचान अनुसारको नागरिकता

राष्ट्रपति पौडेलले भने, नागरिकता विधेयकमा समस्या छैन

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको जवाफ : समय आएपछि निर्णय गरौँला

राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक होल्ड, सभामुख र उपसभामुखले गरे बिदाइ भेट

नागरिकता विधेयक जस्ताको त्यस्तै प्रमाणीकरण गर्न बाध्य हुने

नागरिकता विधेयक फिर्ता, फेरि पुरानै प्रक्रिया पूरा गर्नुपर्ने

नागरिकता विधेयकमा अमेरिकी चासो, सबै माग सम्बोधन हुन सकेन : मन्त्री रेग्मी

प्रतिनिधि सभाबाट पारित विधेयकमा थपियो तोकिए बमोजिम लैङ्गिक पहिचानको व्यवस्था, यस्ता छन् थप भएका व्यवस्था…

नागरिकता विधेयकमा लैङ्गिक पहिचान गायब, ‘अन्य’ लिङ्गमा लिएकाहरू पुरुष या महिलाकै लिने लबिङमा

लैंगिक पहिचान अनुसारको नागरिकतामा दलहरु संर्किण

नयाँ नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

नयाँ नागरिकता ऐन कार्यान्वयन गर्न रद्द भएको विधेयकको नियमावली जारी

सत्ता र प्रतिपक्षीको घम्साघम्सी : नागरिकता विहीनहरूको बेहाल

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.