नयाँ नागरिकता ऐन कार्यान्वयन गर्न रद्द भएको विधेयकको नियमावली जारी

नयाँ नागरिकता ऐन कार्यान्वयन गर्न रद्द भएको विधेयकको नियमावली जारी

काठमाडौं : सरकारले पुरानै नागरिकता नियमावली जारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका नागरिकता ऐन राजपत्रमा प्रकाशित भए पनि गृह मन्त्रालयले पुरानै नियमावली २०७८ जारी गरेको हो।

नियमावली पुरानै जारी हुँदा नागरिकता ऐन नयाँ गाता हालेको पुरानो पुस्तक जस्तै बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टा अगाडि मात्रै प्रमाणीकरण भएको नागरिकता विधेयक ऐन बनिसकेको छ। तर, ऐन अनुसार गैरआवासीय नेपाली र लैङ्गिक पहिचान अनुसारको नागरिकता लिने व्यवस्था गृहले जारी गरेको नियमावलीमा छैन।

पुरानै नियमावली जारी भएकाले नयाँ नागरिकता ऐन अनुसार नागरिकता पाउने अवस्था नरहेको गृह मन्त्रालयले नै स्वीकार गरेको छ। गृह मन्त्रालयले रद्द भएको नागरिकता विधेयक अनुसार स्वीकृत भएको पुरानै नियमावली जारी गरेको जनाएको छ।


नयाँ ऐन अनुसार अब नयाँ नियमावली बनाउने प्रक्रिया सुरु हुने गृह मन्त्रालयको नागरिकता महाशाखा प्रमुख सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन।

उनले ऐनले गरेको व्यवस्था अनुसार नै अगाडि बढ्नु पर्ने बताइन। ‘नियमावली २०७८ बमोजिम छ,त्यसले सम्बोधन गर्न नसकेको विषय नियम संशोधन गरेर अगाडि बढाउने हो,’उनले भनिन्,‘प्रचलित कानुनमा आइसकेको विषय सम्बन्धित अधिकारीले सोही बमोजिम कार्यान्वयन गर्नुपर्ने हुन्छ।’

उनले नागरिकता ऐन अहिले जारी भए पनि नियमावली २०७८ कै जारी भएको बताइन। ‘२०७८ मा नागरिकता विधेयक बनेको थियो, त्यो बेलामा नै तयार गरेको नियमावली हो,’उनले भनिन्,‘नागरिकता विधेयक रद्द भयो, तर नियमावली त्यही बेलाको हो, स्वीकृत भइसकेको नियमावली हो।’

नागरिकता विधेयक प्रमाणीकरण : लैङ्गिक पहिचान खुलाएर नागरिकता लिन पाउने

नयाँ नियमावली बनाउने प्रक्रिया सुरु भइसकेको शर्माले बताइन। ‘नयाँ ऐनमा आइसकेको विषय र पुरानो नियमावलीले सम्बोधन नगरेका विषयमा अगाडी बढिसकेका छौ,’उनले भनिन्,‘गैरआवासीय नेपाली र लैङ्गिक पहिचान सहितको नागरिकता नयाँ नियमावलीले सम्बोधन गर्नुपर्ने हुन्छ।’

उनले नियमावली बनाउने समय निश्चित नहुने बताइन। ‘काम चाहिँ मन्त्रालयले तत्कालै सुरु गरी नै हाल्छ,’उनले भनिन्,‘अब यो स्वीकृत गर्ने प्रक्रियामा मैले यतिउति भनिहाल्न मिल्दैन।’

पुरानो नियमावली अनुसार नयाँ नागरिकता ऐन कार्यान्वयन नहुने भएको छ। पुरानो नियमावली अनुसार विदेशमा बसेका गैरआवासीय नेपालीले पाउने भनिएको गैरआवासीय नेपाली नागरिकता तत्काल जारी नहुने देखिएको छ।

नियमावलीमा लैङ्गिक पहिचान अनुसारको नागरिकता दिने व्यवस्था छैन। नयाँ नियमावली नबनेसम्म पुरानै रद्द भएको नागरिकता विधेयक अनुसार मात्रै नागरिकता दिने व्यवस्था भएको छ।

सम्बन्धित समाचार

चार थरीका नागरिकता : १५ सय एलजीबीटीआईलाई पहिचान अनुसारको नागरिकता

राष्ट्रपति पौडेलले भने, नागरिकता विधेयकमा समस्या छैन

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको जवाफ : समय आएपछि निर्णय गरौँला

राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक होल्ड, सभामुख र उपसभामुखले गरे बिदाइ भेट

नागरिकता विधेयक जस्ताको त्यस्तै प्रमाणीकरण गर्न बाध्य हुने

नागरिकता विधेयक फिर्ता, फेरि पुरानै प्रक्रिया पूरा गर्नुपर्ने

नागरिकता विधेयकमा अमेरिकी चासो, सबै माग सम्बोधन हुन सकेन : मन्त्री रेग्मी

प्रतिनिधि सभाबाट पारित विधेयकमा थपियो तोकिए बमोजिम लैङ्गिक पहिचानको व्यवस्था, यस्ता छन् थप भएका व्यवस्था…

नागरिकता विधेयकमा लैङ्गिक पहिचान गायब, ‘अन्य’ लिङ्गमा लिएकाहरू पुरुष या महिलाकै लिने लबिङमा

लैंगिक पहिचान अनुसारको नागरिकतामा दलहरु संर्किण

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading