प्राइड महोत्सवमा बाइडेनकी विशेष दूत

नागरिकता विधेयकमा अमेरिकी चासो, सबै माग सम्बोधन हुन सकेन : मन्त्री रेग्मी

नागरिकता विधेयकमा अमेरिकी चासो, सबै माग सम्बोधन हुन सकेन : मन्त्री रेग्मी

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूत जेसिका स्टर्नले नेपाल सरकारका मन्त्री र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूसँग छलफल गरेकी छन्। पाँच दिने नेपाल भ्रमणमा आएकी बाइडेनकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मामिला हेर्ने विशेष दूत स्टर्नले बिहीबार कानुन मन्त्री गोविन्द शर्मा कोइराला र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई सिंहदरबारमा भेटेर छलफल गरेकी हुन्।
दिउँसो बौद्ध स्तुपा पुगेर प्राइड कार्यक्रममा सहभागी भएकी स्टर्नले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको अधिकार प्राप्तिको अभियानमा ऐक्यबद्धता जनाइन। उनी शुक्रवार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको गर्वको पर्व अर्थात् गाईजात्रा उत्सवमा सहभागी हुनेछिन्।
उनले मन्त्री रेग्मीलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नागरिकता लगायतका विषयमा चासो राखेर प्रश्न गरेकी छन्। मन्त्री रेग्मीको निजी सचिवालयका अनुसार ‘नागरिकता विधेयकमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको बारेमा के कुरा सम्बोधन भए? नागरिकतामा देखिएका समस्या र यसको समाधानका लागि मन्त्रालयले कस्तो योजना बनाएको छ?’ भनेर स्टर्नले प्रश्न गरिन।
गाईजात्रा महोत्सव : तीन हजार लैङ्गिक अल्पसङ्ख्यक सहभागी हुने, अमेरिकी दूतावासको सप्ताहव्यापी कार्यक्रम सुरु
नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र अमेरिकी राष्ट्रपति बाइडेनकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्नले मन्त्री रेग्मीलाई मन्त्रालयमै पुगेर भेटवार्ता गरेका हुन्।
मन्त्री उमा रेग्मीसँग विशेष कुराकानी : समलिङ्गी विवाहको कानुन भरखरै बन्दैन, विवाह गरेर बसेकालाई बातै लाग्दैन
भेटमा मन्त्री रेग्मीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको तथ्याङ्क सङ्कलनको काम सुरु गर्न लागेको बताएकी छन्। ‘यो समुदायको यकिन तथ्याङ्क जम्मा गरेर डाटा सेन्टर बनाउने गृहकार्य गरिरहेका छौँ’ मन्त्री रेग्मीले भनिन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई उद्यमशील बनाउन बजेट विनियोजन गरेको जानकारी मन्त्री रेग्मीले दिइन। लैङ्गिक तथा तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई उद्यमशील बनाउने कार्य योजना बनाएको उनले बताइन।
गाईजात्रा उत्सवमा सहभागी हुन अमेरिकी विशेष दूत काठमाडौँमा
उनले नागरिकता विधेयकमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको माग सम्बोधन गरिएको बताइन। ‘तर उनीहरूले माग गरे अनुसार विधेयकमा सम्बोधन हुन सकेको छैन’उनले भनिन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्राप्ति र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता मन्त्री रेग्मीले जनाएकी छन्।

स्टर्नले कानुन मन्त्री गोविन्द शर्मा कोइरालासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको मानव अधिकारको संरक्षणमा नेपालको अन्तर्राष्ट्रिय नेतृत्व र दक्षिण एसिया क्षेत्रमा सो समुदायको अधिकारको प्रवर्द्धन र संरक्षणमा अमेरिका नेपालबीचको निरन्तर साझेदारीबारे छलफल गरेकी अमेरिकी दूतावासले जनाएको छ।
प्राइड कार्यक्रममा स्टर्न

अमेरिकी राष्ट्रपति बाइडेनकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मामिला हेर्ने विशेष दूत स्टर्न अमेरिकी दूतावासको सहयोगमा युनिटी फर चेन्जले गरेको प्राइड कार्यक्रममा सहभागी भएकी छन्।
बौद्ध स्तुपामा भएको कार्यक्रममा स्टर्नले सहभागी मात्रै जनाइन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूसँग सामूहिक तस्बिर लिए पनि उनले कुनै अभिव्यक्ति भने दिइनन्।
अमेरिकी दूतावासले घोषणा गरेको सप्ताहव्यापी नेपाल प्राइड महोत्सवका विविध कार्यक्रम अन्तर्गत बौद्ध स्तुपामा युनिटी फर चेन्जले गरेको कार्यक्रममा सहभागी हुन पुगेकी उनलाई बौद्धनाथ क्षेत्र विकास समिति बौद्धका अध्यक्ष राजकुमार लामा लगायतका प्रतिनिधिले स्तुपाको गेटमै स्वागत गरेका थिए।
अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष दूत बौद्धस्थित तिब्बती क्याम्पमा, भयो भव्य स्वागत
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका हरेक व्यक्तिको मर्यादा र अधिकारको सुनिश्चितताका लागि कार्यरत संस्थाहरूसँग सहकार्य गरेर नेपाल प्राइड महोत्सवका कार्यक्रम गरिरहेको अमेरिकी दूतावासले जनाएको छ।
‘सबैलाई समान व्यवहार गरिने समाजको निर्माण गरौँ’ भन्ने नारा दूतावासले राखेको छ। दूतावासको सहयोगमा युनिटी फर चेन्जले सप्ताहव्यापी कार्यक्रम गरिरहेको अध्यक्ष सुदीप गौतमले बताए। ‘रेन्वो भिजिबिलिटी गाईजात्रा इभेन्ट’ नाम दिइएको पहिलो दिनको कार्यक्रम सोमबार वसन्तपुरमा सम्पन्न भएको गौतमले जानकारी दिए।
बौद्ध स्तुपामा बिहीबार भएको रेन्वो फोटो प्रदर्शनीमा स्टर्नले सहभागी भएर ऐक्यबद्धता जनाइन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूसँग कुराकानी समेत गरेकी स्टर्न शुक्रवार गाईजात्रा उत्सवमा सहभागी हुनेछिन्।
गाईजात्रा उत्सवका थप समाचार

समलिंगी तेस्रोलिंगीको गाइजात्रा महोत्सव, अधिकार विहिन नबनाउन माग
सहकार्यका लागि ऐक्यवद्धता नाराका साथ यौनिक तथा लैंगिक अल्पसंख्यकको गाइजात्रा महोत्सव
एलजीबीटीआई प्राइड मन्थ : म समलिंगी हुँ, तपाई मलाई स्वीकार गर्नुहुन्छ ? (भिडियो रिपोर्ट)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading