गाईजात्रा महोत्सव

तीन हजार लैङ्गिक अल्पसङ्ख्यक सहभागी हुने, अमेरिकी दूतावासको सप्ताहव्यापी कार्यक्रम सुरु

तीन हजार लैङ्गिक अल्पसङ्ख्यक सहभागी हुने, अमेरिकी दूतावासको सप्ताहव्यापी कार्यक्रम सुरु

काठमाडौँ : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले यो वर्ष भौतिक उपस्थितिमै गाईजात्रा महोत्सव आयोजना गर्ने भएका छन्। सन् २००३ देखि हरेक वर्ष मनाउने गरिएको गाईजात्रा महोत्सव गत वर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मनाइएको थियो।
घर परिवारमा खुल्न नसकेका समुदायका व्यक्तिले गाईजात्रा महोत्सवलाई खुलेर आउने पर्वको रूपमा समेत लिने गरेका छन्। यो वर्ष काठमाडौँ सहित देशका विभिन्न ठाउँमा गाईजात्रा महोत्सव मनाउने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको संस्था नील हिरा समाजले जानकारी दिएको छ।
यो पटक भौतिक उपस्थितिमै गौरवको यात्रा अर्थात् गाईजात्रा महोत्सव मनाउने समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन। गुरुङका अनुसार काठमाडौँको ठमेलबाट सुरु हुने गाईजात्रा महोत्सवमा देशका विभिन्न ठाउँका करिब ३ हजार समुदायका व्यक्ति सहभागी हुनेछन्।
‘यो वर्ष भौतिक उपस्थितिमै गाईजात्रा महोत्सव हुँदै छ, काठमाडौँको ठमेलबाट सुरु हुने यात्रा वसन्तपुर हुँदै टुँडिखेलमा पुगेर क्यान्डल लाइट हुनेछ,’उनले पहिचानसँग भनिन्,‘त्यसपछि कन्सर्ट हुनेछ।’ उनले यो पटक बुटवलमा पनि गाईजात्रा महोत्सव हुने जानकारी दिइन। अमेरिकी दूतावासले घोषणा गरेको सप्ताहव्यापी नेपाल प्राइड महोत्सवका विविध कार्यक्रम सोमबारबाट सुरु हुँदै छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका हरेक व्यक्तिको मर्यादा र अधिकारको सुनिश्चितताका लागि कार्यरत संस्थाहरूसँग सहकार्य गरेर नेपाल प्राइड महोत्सवका कार्यक्रम गर्न लागेको दूतावासले जनाएको छ।
भव्य रुपमा मनाइयो, नेपालमा ‘एलजीवीटीआइ प्राइड’ गर्वको महसुस : अमेरिकी राजदूत
विभिन्न नागरिक अधिकार सम्बन्धी संस्थाहरू, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा अधिकारकर्मीहरूलाई सघाउन र सहकार्य गर्न पाएकोमा हर्षित भएको नेपालस्थित अमेरिकी दूतावासले उल्लेख गरेको छ।
यो सप्ताह लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र उपलब्धिको कदर गर्नमा केन्द्रित रहने दूतावासले जनाएको छ। ‘सबैलाई समान व्यवहार गरिने समाजको निर्माण गरौँ’ भन्ने नारा दूतावासले आफ्नो फेसबुक पेजमा राखेको छ।
दूतावासको सहयोगमा युनिटी फर चेन्जले सोमबारबाट सप्ताहव्यापी कार्यक्रम सुरु गर्न लागेको अध्यक्ष सुदीप गौतमले बताए। ‘रेन्वो भिजिबिलिटी गाईजात्रा इभेन्ट’ नाम दिइएको पहिलो दिनको कार्यक्रम सोमबार दिउँसो २ बजे वसन्तपुरमा हुने गौतमले जानकारी दिए।
मङ्गलवार एक बजे वसन्तपुरमै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्ति पोस्टर र प्ले कार्ड बोकेर उभिनेछन्। यस्तै बुधवार र बिहीबार रेन्वो फोटो प्रदर्शनी हुने गौतमले बताए। शुक्रवार नील हिरा समाजको गाईजात्रा महोत्सवमा सहभागी हुने र शनिवार शंखपार्क चक्रपथमा पोस्टर र प्लेकार्ड प्रदर्शन गर्ने तालिका युनिटी फर चेन्जले सार्वजनिक गरेको छ।
समलिंगी तेस्रोलिंगीको गाइजात्रा महोत्सव, अधिकार विहिन नबनाउन माग
सहकार्यका लागि ऐक्यवद्धता नाराका साथ यौनिक तथा लैंगिक अल्पसंख्यकको गाइजात्रा महोत्सव
एलजीबीटीआई प्राइड मन्थ : म समलिंगी हुँ, तपाई मलाई स्वीकार गर्नुहुन्छ ? (भिडियो रिपोर्ट)
नेपाली एलजीबीटीआईको गौरव यात्रा (भिडियो)
सरकारको रेकर्डमा कोरोना सङ्क्रमित ‘एलजीबीटीआइ’को सङ्ख्या शून्य, ट्रान्समेनको डेथ सर्टिफिकेटमा महिला
यौनिक अल्पसंख्यकले मनाए गाइजात्रा पर्व, समुदायका लागि विशेष कार्यक्रम ल्याउने मन्त्री कोइरालाको प्रतिवद्धता
गाइजात्राका अवसरमा नील हिरा समाजले मनाउदै ‘एलजीवीटी प्राइड’ : अमेरिकी राजदुत र मानवअधिकार क्याम्पिएनका प्रतिनिधि सहभागि हुने
चुनावमा भोट नहाल्ने समलिंगी तेश्रोलिंगीको घोषणाा, गुरुङ्गको अध्यक्षता नयाँ नेतृत्व चयन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading