महालक्ष्मी विकास बैङ्कका ग्राहकलाई विभिन्न सेवामा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैङ्कका ग्राहकलाई विभिन्न सेवामा २० प्रतिशतसम्म छुट

563
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडले स्वास्थ्य, श्रृगार र होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ थप विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ।

यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

महालक्ष्मी विकास बैङ्क लिमिटेडका ग्राहकहरूले सुमेरु हस्पिटल धापाखेल ललितपुरको फार्मेसीमा ५ र ओपिडी तथा आइपिडी सेवामा १० प्रतिशत छुट पाउनेछन्।

यस्तै एसियन बुद्ध होटेल सिद्धार्थनगर भैरहवामा १० देखि २० प्रतिशत, मल्ल फेन्सी आँबुखैरेनी तनहुँ, रिशु ब्युटी पार्लर हेटौडा मकवानपुर र ब्युटिफुल कलेक्सन बाँसबारी काठमाडौँमा ५ देखि १० प्रतिशत छुट प्राप्त गर्न सक्ने सम्झौता महालक्ष्मी विकास बैङ्कले गरेको जनाएको छ।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैङ्क लिमिटेडले दाबी गरेको छ।

समाचार शेयर गर्नुहोस्
563
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.