एनआरएनएका उम्मेदवारकै भोट गायब, प्रतिस्पर्धीले परिणाम नमान्ने

एनआरएनएका उम्मेदवारकै भोट गायब, प्रतिस्पर्धीले परिणाम नमान्ने

काठमाडौं : गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)को चुनावमा उम्मेदवारकै भोट गायब भएको छ। उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट प्राप्त मतपरिणाम शून्य उल्लेख भएका कारण विवाद भएको एनआरएनए निर्वाचन समितिले जनाएको छ।

विद्युतीय माध्यमबाट भएको निर्वाचनको भेरो भोटिङले इमेल मार्फत प्रेषित गरेको परिणाम सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मतपरिणाम शून्य उल्लेख भएको कारण विवाद सृजना भएको समितिले उल्लेख गरेको छ।

शून्य मत उल्लेख भएको सम्बन्धमा भेरो भोटिङसँग वास्तविक जानकारी लिई सत्य तथ्य ब्यहोरा प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ। समितिमा यादवप्रसाद ढुङ्गाना प्रमुख निर्वाचन अधिकृत, टि.बि.कार्की, मन के.सी., भूषण घिमिरे र चिरञ्जीवी ढकाल सदस्य छन्।

बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानबाट १ हजार ३ सय ७८ मत पाएर अध्यक्षमा बद्री केसी निर्वाचित भएका छन्। राजेन्द्रकुमार (आरके) शर्माले रबिना थापाको समर्थन पाएका महेश श्रेष्ठको भन्दा धेरै मत पाएका छन्। शर्माले १२८१ र श्रेष्ठले १२२५ मत प्राप्त गरे।

एनआरएनए सम्मेलन : उम्मेदवारी फिर्ता गराउन ५० लाखसम्म खर्च

एनआरएनएको ११ औँ विश्व सम्मेलनका क्रममा भएको निर्वाचनको मतपरिणाम स्वीकार्य नहुने अध्यक्षका प्रतिस्पर्धी उम्मेदवारले बताएका छन्।

अध्यक्षका पराजित उम्मेदवार श्रेष्ठ र शर्माले शुक्रवार संयुक्त विज्ञप्ति निकालेर पूर्व नियोजित रूपमा सेटिंग गरी गरिएको कथित नतिजा घोषणा नमान्ने भनेका छन्। ‘२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले मान्य छैन। अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेलको मत शून्य देखाइएको छ,’श्रेष्ठ र शर्माले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको सङ्ख्या भन्दा बढी हुन्छ।’

निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार नभएको भन्दै विज्ञप्तिमा ११ औँ महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले नै उपयुक्त निर्णय गर्ने उल्लेख छ।

प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठ र शर्माले महाधिवेशनको प्रक्रिया जारी रहेकाले सबै डेलिगेट्सहरुलाई संयम अपनाउन र एनआरएनएहरूको मर्यादामाथि आघात पुग्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन्। एनआरएनए चुनावको नतिजामा गम्भीर धोकाधडी भएको उनीहरूले बताए।

५ मतको अन्तरले विजयी

एनआरएनएको ६ उपाध्यक्षमा २२६५ मत पाएका डा. हेमराज शर्मा, २१८० मत पाएका रोविन शेरचन, १९०० मत पाएका राज रेग्मी, १५६० मत पाएका डा. विनोद श्रेष्ठ, १५५२ मत पाएका रामशरण सिम्खडा र १३५७ मत पाएका खगेन्द्र न्यौपाने निर्वाचित भए।

महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर निर्वाचित भइन्। प्रतिस्पर्धी यसमिन बेगम सैयदले १९१४ मत प्राप्त गरिन्। युवा उपाध्यक्षमा रोशन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए भने प्रतिस्पर्धी अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।

एनआरएनएको महासचिवमा २०३७ मत प्राप्त गरेर गौरीराज जोशी विजयी भएका छन्। उनका प्रत्याशी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरे। उपमहासचिवमा २१५० मत प्राप्त गरेर प्रवीण गुरुङ र १७९० मत प्राप्त गरेर सोम सापकोटा विजयी भए।

६ सचिव पदमा २०२४ मत प्राप्त गर्ने मनोज कुमार श्रेष्ठ, १८५३ मत प्राप्त गर्ने डा. नवराज रोस्यारा, १७८२ मत प्राप्त गर्ने डा. ज्ञानेन्द्र रेग्मी, १६७३ मत प्राप्त गर्ने भीम केसी कमल, १६६६ मत प्राप्त गर्ने स्वतन्त्र प्रताप शाह १६५१ मत प्राप्त गर्ने पारमणि पोखरेल विजयी भएका छन्।

महिला सचिवमा २३२० मत प्राप्त गरी टिका गुरुङ, राधिका विजयी हुँदा प्रतिस्पर्धी विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। १९१७ मत प्राप्त गरेर सुदन थापा एनआरएनएको कोषाध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी ठाकुर प्रसाद ढुङ्गानाले १९१२ मत प्राप्त गरे। कोषाध्यक्षको मतान्तर जम्मा ५ मत मात्रै रहेको छ।

कृष्ण प्रसाद तिमल्सिना, अभिमन्यु बस्नेत र तिलक प्रसाद गैरे सहकोषाध्यक्षमा निर्वाचित भए। महिला सहकोषाध्यक्षमा अमृत थापा विजयी भइन् भने अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान विजयी भइन्। युवा संयोजकमा सुपेन्द्र घिसिङ निर्वाचित भएका छन्।

केही समय अघि केसीसँग गरिएको कुराकानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading