सांस्कृतिक प्रतिकका रूपमा परिचित ड्रयाग क्विन

सांस्कृतिक प्रतिकका रूपमा परिचित ड्रयाग क्विन

हामीले ड्रयाग आर्टिस्ट (कलाकार) का बारेमा सुन्दै आएका छौँ, आज हामी तिनै कलाकारका बारेमा केही रोचक प्रसङ्ग उल्लेख गर्दैछौं।

ड्रयाग आर्टिस्ट (ड्रयाग क्विन) एक पुरुष व्यक्ति हुन् जसले मनोरञ्जन दिनका लागि महिलाको पहिरन/लुगा, मेकअप, विग अर्थात् कृत्रिम कपाल, गहना लगाएर दर्शक सामु प्रदर्शन गर्दछन्।

ड्रयाग शो (सामान्यतया नाइट क्लब र गे प्राइड उत्सवहरूमा आयोजित) एक उपसांस्कृतिक दृश्य जस्तै हो। यस्तो शो मा प्रायजसो लिप–सिकिङ्ग, लाइभ गीत सङ्गीत र नृत्य प्रस्तुत गरिन्छ। ड्रयागले कहिले पनि मेनस्ट्रीम (मूलधार) को आनन्द त दिएको छैन तर लोकप्रिय संस्कृतिमा ड्रयाग क्विन एक सामान्य तर पर्याप्त शब्द हो।

ड्रयाग क्विन प्रकार, संस्कृति र समर्पणका आधारमा भिन्ना भिन्नै हुन्छन्। यद्यपि ड्रयाग प्रदर्शनमा प्राय जसो एलजीबीटीक्यूप्लस समुदायबाटै आएका व्यक्तिहरू हुन्छन्। कहिलेकाहीँ ड्रयाग गर्नेहरू भने अन्य पृष्ठभूमिबाट पनि आएका हुन्छन्।

ड्रयागको इतिहास

लोककथा र नाटकीय क्रस ड्रेसिङको लामो इतिहास रहेको छ जसमा सबै खाले झुकाव भएका व्यक्तिहरू संलग्न छन्। जो कोही व्यक्ति जसले आफ्नो जीवनकालको कुनै न कुनै समय ड्रयाग गरेको हुन्छ ती सबै ड्रयाग किंगवा ड्रयाग क्विन हुँदैनन्।

कयौँ मानिसका लागि ड्रयाग क्विनको रुढीवादी छवि एक समलैंगिक पुरुषको रहेको छ जून अतिरञ्जित स्त्री भेसभुसा, ठुलो आकारको वीग र भारी मेकअप गरेका हुन्छन् तर ड्रयागको छवि र इतिहास भने कयौँ गुणा जटिल रहेको छ।

ड्रयागलाई एउटा भूमिगत कलाकार पनि मानिन्छ। सरोकारावालाहरु ड्रयाग लिंगमानदण्ड जत्तिकै पुरानो इतिहास बोकेको छ। यो मानव स्थितिको एक हिस्सा रहेको मिसिगन विश्वविद्यालयमा स्पेनिस, अमेरिकी संस्कृति र महिला अनि लिङ्गका सम्बन्धमा अध्यापन गरिरहेका प्रोफेसर ल्यारी ला फाउन्टेन स्टोक्स बताउँछिन्।

ड्रयागको सुरुवात आवश्यकताले गर्दा भएको थियो। १६ औँ शताब्दीको अन्त र १७ औँ शताब्दीको सुरुवातमा सेक्सपियरको चमकदार एवं नयाँ थिएटरमा मनोरञ्जनलाई मात्र स्थान दिइएको थिएन। चर्चसँग यसको बलियो सम्बन्ध थियो र पुरुषले मात्र बोर्ड सञ्चालन गर्न सक्ने नियम ल्याइयो। नाटकमा महिलाको भूमिका दर्साउनु परेमा पुरुषले नै कथालाई प्रभावित हुन नदिन विपरीत लिङ्गी सदस्यको लुगा लगाएर प्रदर्शन गर्नु पर्दथ्यो।

ड्रयाग शब्दको उत्पत्ति नाटकीय भएको पनि मानिन्छ। महिला पात्रको भूमिका निभाउनका लागि पुरुषहरूले लगाउने लुगालाई भूँइसम्म लतारेर पहिराइन्थ्यो। आसपास कुनै अभिनेत्री नभएका कारण अभिनेताहरूले महिलाको भूमिका निर्वाह गर्नु नारी भाव अनुरूप पक्कै हुँदैनथ्यो जसलाई आज हामी ड्रयाग भनिरहेका छौँ, तर त्यो सुरुवात थियो।

यो छिट्टै नै पुरुषहरू (प्रायजसो समलैंगिक पुरुष) का लागि स्वयंभित्र रहेको भिन्न पक्षलाई व्यक्त गर्दै एउटा व्यक्तित्व स्थापित गर्नका लागि स्त्री रूप, शैली र शारीरिक बनावट एवं हाउभाउलाई अतिरञ्जित गर्ने माध्यम बन्यो।

ड्रयागकिंग, महिला कलाकार अतिरञ्जित पुरुष व्यक्तित्वलाई अपनाउँछिन् जुन लोकप्रिय पनि छ। क्रिश्चियन एडोर एउटा यस्तो कार्य हो जसले हास्य विद्याको माध्यमबाट लैङ्गिक मूल्यमान्यता र रुढिवादितालाई चुनौती दिन्छ।

राजकुमारी सेराफिना

एलजीबीटी समानताको लागि लडाइँ जारी छ। ७० भन्दा बढी देशहरूमा एलजीबीटीक्यूप्लस हुनु अझै पनि गैरकानूनी मानिन्छ। १८ औँ शताब्दीको इंग्ल्याण्डमा आफ्नो वरिपरिका सबैमा ज्ञान जगाउने व्यक्ति राजकुमारी सेराफिना थिइन्।

सेराफिनालाई देशको पहिलो ड्रयाग क्विनको रूपमा हेरिएको थियो, जसमा उनी अभिनय भूमिकाको सट्टा उनको सजावट गर्ने व्यक्ति जोनकुपरको दैनिक जीवनको हिस्सा थिइन्।

सेराफिनाको प्रस्तुति मोली घरहरूमा एक समलिङ्गी बार बराबरको नियमित दृश्य थियो। त्यस बेला पुरुषहरू समलिङ्गी कार्यहरूमा भाग लिएको पाइएमा त्यस समयमा झुन्ड्याएर मारिदिन सक्ने नियम थियो। तर सेराफिनालाई कहिल्यै पक्राउ गरिएको वा अविश्वास र दुर्व्यवहार गरिएको कुनै घटना भएन।

समय बित्दै गयो र २० औँ शताब्दीको सुरुवातका सबैभन्दा ठुलो स्टार थिए जूलियन एल्टिङ्गे। कयौँ ड्रयाग क्विनहरूले जूलियनको भेषमा पुरुष थिए भन्ने तथ्यलाई आधार मानेर नाटक प्रदर्शन गरे। एल्टिङ्गेले आफू एक चरित्र एवं पात्र मात्र नभई वास्तविक अभिनेत्री रहेको भन्दै कयौँ प्रशंसकहरूलाई आश्वस्त पार्नु परेको थियो। २० वर्षभन्दा धेरै समय लोकप्रिय रहेका एल्टिङ्गेको करियर निकै उचाइमा थियो।

१९२० र ३० को दशकमा संयुक्त राज्य अमेरिकामा ड्रयाग र एलजीबीटी व्यक्तिहरू प्रति सहिष्णुता दर्साइन्थ्यो र प्यान्सी सनकको रूपमा चर्चित उत्सव पनि मनाइन्थ्यो। १९३० को दशकको मध्यतिर यौन अपराधलाई लिएर आशङ्काहरूका बिच अमेरिकी समाज निकै प्रतिक्रियावादी भयो, जसले ड्रयागका बारेमा सोच्ने तरिकामा नकारात्मक प्रभाव पार्‍यो।

द्धितिय विश्वयुद्ध पछि समलैंगिकतालाई अवैध मान्दै समग्र रूपमा तिरस्कार गर्दै आयो। यस्ता घृणा अनि नकारात्मकतालाई तोड्दै बेलायतका ड्यानीला रुई (सन् १९५० को दशकमा आफ्नो नाम स्थापित गरेका) जस्ता व्यक्तिहरूले यसमै करियर बनाए। यस्तै गरी १९६० को दशकमा डेम एडना एभरेज, कमेडियन बैरी हम्फ्रिज जस्ता व्यक्तिले आफ्नो सुन्दर रचनालाई प्रस्तुत गरी स्थापित कलाकारका रूपमा देखा परे।

रेकर्डिङ कलाकार रुपौल, जसले १९९२ मा हिटगीत ‘सुपरमोडेल (यु वेटर वर्क)’ बाट चर्चा कमाएकी थिइन्। बर्डकेज (१९९६) र रेन्ट तथा हेयर स्प्रे जस्ता फिल्म–सङ्गीतको लोकप्रियताले पनि ड्रयाग क्विनको छविलाई एक परिचित सांस्कृतिक प्रतिकका रूपमा स्थापित गराइदियो।

एलजीबीटीक्यूआइएप्लस समुदायको अभिन्न अङ्ग


ड्रयाग क्विन क्रस–ड्रेसर (कहिलेकाहीँ ट्रान्स भेस्टाइट भनिन्छ) भन्दा फरक हुन्छन् किन भने ड्रयाग गर्ने प्रेरणा सामान्यतया : यौन होइन। यद्यपि यी दुईलाई प्रायः लोकप्रिय सांस्कृतिक प्रतिनिधित्वमा मिसाइन्छ। क्रस ड्रेसिङमा सामान्यतया उच्च स्तरको गोपनीयता हुन्छ र यो यौन वालिङ्ग–सम्बन्धित कामोत्तेजकहरूसँग सम्बन्धित छ।

सदियौँदेखि ड्रयाग क्विनहरू संसारमा आत्म–अभिव्यक्ति, रचनात्मकता र सशक्तीकरणको शक्तिशाली प्रतीकको रूपमा उभिएका छन्। ऐतिहासिक उत्पत्तिदेखि समकालीन संस्कृतिमा प्रभावसम्म, ड्रयाग क्विनहरूले सामाजिक मूल्यमान्यतालाई चुनौती दिँदै, समावेशितालाई बढवा दिन र आफ्नो स्वतन्त्रता लगायतका आधारभूत अधिकारहरू माथिको प्रतिबन्ध विरुद्ध लड्दै आएका छन्। अन्ततः ड्रयाग क्विन सधैँ एलजीबीटीक्यूआइएप्लस समुदायको अभिन्न अङ्ग भएको छ।

प्राचीन ग्रिसमा पुरुष कलाकारहरूले प्राय महिलाको लुगा र मास्क लगाएर उनीहरूको भूमिका निर्वाह गर्थे जून परम्परा एलिजाबेथ थिएटर र रेनोसान्स इटालीको कमेडिया डेल आर्ट लगायतका ऐतिहासिक समयदेखि विभिन्न रूपमा जारी रह्यो।

हालैका दशकहरूमा, ड्रयाग क्विनहरूले मुख्य धाराको दृश्यता र मान्यता बढाएको छ। १९९० को दशकमा द रुपौल शो र २००९ देखि रुआपँल ड्रयाग रेश जस्ता टेलिभिजन कार्यक्रमहरूले ड्रयाग कलाकारहरूको कलात्मकता, रचनात्मकता र व्यक्तिगत कथाहरूलाई फराकिलो ढङ्गले प्रदर्शन गर्दै, दर्शकहरू माझ ड्रयाग प्रस्तुत गरेको छ।

ड्रयाग क्विनहरू लोकप्रिय संस्कृतिमा उनीहरूको प्रभावलाई अझ बलियो बनाउँदै चलचित्र, सङ्गीत भिडियो अनि फेसन शोहरूमा पनि देखा परेका छन्। ड्रयागले जीवनका सबै क्षेत्रका सदस्यहरूलाई आफूलाई अभिव्यक्त गर्न प्रेरित गरेको छ।

रुपलको ड्रयाग रेसमा सहभागी धेरै क्विनहरू ट्रान्सजेन्डर (तेस्रोलिंगी) को रूपमा चिनिन्छन्। स्पष्ट रूपमा पुरुष, तेस्रोलिंगी महिला, कालो, खैरो, सेतो एपीआई, र प्रत्येक लिङ्ग अभिव्यक्ति, यौन झुकाव, जाति र क्षमता भएका व्यक्तिहरूले ड्रयाग रेशमा भाग लिँदै आएका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमकाे सहयाेगमा

‘बलरुम’ संस्कृति : उत्सव मनाउने सुरक्षित स्थान

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading