ऋण लिने परिवार मधेसमा धेरै, सुदूरपश्चिममा कम

ऋण लिने परिवार मधेसमा धेरै, सुदूरपश्चिममा कम

710
SHARES

काठमाडौँ : नेपालमा ७५ लाख ५२ हजार ६६ वटा घर रहेका छन्। सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेका केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ।

२८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले र ०.६४ प्रतिशत ५ देखि ७ तले घर रहेका छन्। ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ।

एक तला भएको सबैभन्दा बढी घर मधेस प्रदेशमा ८४.४२ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा सबैभन्दा बढी ५ वा सोभन्दा बढी तला भएको घर २.३४ प्रतिशत रहेको छ। देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएका छन्।

२ करोड ९१ लाख ६४ हजार ५७८ जनसङ्ख्या मध्ये ७४ लाख ९ हजार १८१ अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैङ्क तथा वित्तीय संस्था (सहकारी संस्था बाहेक) मा कम्तीमा एउटा खाता रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ।

१ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुष मध्ये २६.४२ प्रतिशत र १ करोड ४९ लाख ११ हजार २७ जना महिला मध्ये २४.७४ प्रतिशतको बैङ्क तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ।

कार्यालयका अनुसार परिवारमा कम्तीमा १ जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएको देखिन्छ। ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तीमा १ जना व्यक्तिले तालिम लिएको कार्यालयले जनाएको छ।

२५.५९ प्रतिशत परिवारले कुनै बैङ्क तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएका छन्। कार्यालयका अनुसार ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत देखिन्छ।

समाचार शेयर गर्नुहोस्
710
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.