विद्यालय सुधारका लागि महालक्ष्मी विकास बैङ्कको सहयोग

विद्यालय सुधारका लागि महालक्ष्मी विकास बैङ्कको सहयोग

380
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडले पिछडिएका बालबालिकाहरूको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउन्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरेको जनाएको छ।

‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको जनाएको हो।

विगत १७ वर्ष देखि पिछडिएका बालबालिकाहरूलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्‍याउने उद्देश्यले पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको बैङ्कले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

विद्यालय ग्राउन्ड सतहभन्दा करिब ४ फिट तल रहेको, वर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रही विद्यालय सुधार गर्न लागिएको हो।

६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरूलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात् करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैङ्कले जनाएको छ।

विगत देखिनै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रही आएको बैङ्कले आमग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार शेयर गर्नुहोस्
380
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.