विदेशमा नेपाली कलाकारको चर्तिकला

विदेशमा नेपाली कलाकारको चर्तिकला

जब नेपाली कलाकारलाई राष्ट्रले गहनाका रुपमा लिने थाहा छ र यिनको इमान र मान मर्दनले यिनका फ्यानमा सकारात्मक सन्देश हुन्छ भन्ने पनि बुझेका हुन्छन्। यिनले जहिले पनि संयमित हुँदा राष्ट्रको इज्जत र बदनामी हुँदा राष्ट्रलाई दूरगामी असर पर्छ भन्ने बुझ्न नसक्दा धेरै ठाउँमा अपहेलित हुनु परेको छ।

अक्सन नेपाली कलाकार र गायकहरूको यस्ता हर्कतले यिनका फ्यान र आयोजक दिक्क हुने गरेका छन्। सन २०१९ मा आफूलाई महानायक भन्न रुचाउने एक जना कलाकारले न्यूयोर्कको सिराक्यिस क्षेत्रमा कसैका खुट्टा बोक्दै या कसैसँग धूम्रपान गर्दै गरेको फोटो खिचाएर निकै दुर्गन्धित बने, यिनले यसो गरेर फोटो खिचे बापत $१०-$१५ सम्म लिएको खुलेको थियो।

$१५ मै आफ्नो इज्जत लिलामी गर्ने यिनलाई सायदै यिनका फ्यानले माफ गर्लान्? एउटा मगन्ते भन्दा तल गिरेर किन यस्तो हर्कत गर्छन् कलाकारहरू? आफ्नो महानता देखाउन खोज्या हो?

आज मैले यस्ता हर्कत गर्ने कसैको पनि नाम नलिने बिचार गरे। तर सन २०२१-२०२२ मा त झन् एक वरिष्ठ गायकले ह्यरिबर्ग क्षेत्रमा एक प्याक ब्लु लेबल देखि $५०० सम्ममा बेसमेन्ट र सिटिङ रुममा कुनै इज्जतको ख्यालै नराखी मदिरामा लट्ठ बनेर गाउँदै हिँडे त्यो दिन देखि मैले त यिनका गीत सुन्न समेत छाडेको छु।

विदेश आउने बित्तिकै मदिरामा लट्ठ हुनै पर्ने, मपाईँ हुनै पर्ने, विदेशमा हुर्केका तरुनीहरू समाउनै पर्ने वा तिनलाई यौन हिंसा गर्ने पर्ने, झैँ झगडा र रमिते बन्नै पर्ने यिनको कस्तो संस्कार हो? फेरी चाख लाग्दो कुरा चैँ मदिराले नछाड्दै राष्ट्रिय भावनाले ओतप्रोत हुनै पर्ने, सबै गलत आफू सही हुनु पर्ने र सामाजिक सञ्जालमा गाली खान आउनै पर्ने यिनलाई कु बुद्धि किन आउँछ होला?

यस्तो हर्कत गर्नेहरूमा अधिकांश पुराना र चिनिएका कलाकार/गायक हुन्छन्। नयाँहरू धेरै सरल, परिपक्व र व्यवहारिक देखिए पनि पुरानाहरू भने पशु भन्दा घिन लाग्दो हर्कत गर्छन्। माइक फाल्ने, साउन्ड सिस्टमलाई दोष दिने, आफ्नो प्रस्तुति दिन भाउ खोज्ने जस्ता हर्कत सामान्य ठान्छन् र हर्कत गरिसके पछि पनि गाली गलौचमा यिनीहरू नै उत्रीन्छन। यस्ता व्यवहारबाट दिक्क भएरै पनि दर्शकले आफूले टिकट काटेको रकम असुल गर्न यिनलाई दुर्व्यवहार गरेका प्रशस्तै उदाहरण छन्।

हालै अस्ट्रेलियाको घटनाले यिनीहरूको मुख हेर्दा पनि आफैलाई लज्जाबोध हुन्छ। मैले नबुझेको कुरो नि, के यिनले नेपालमा रहँदा चैँ मदिराको गन्धसम्म पनि पाउदैनन र विदेशमा यो हर्कत गर्छ कि यिनले आफू को हो ठम्याउन नसकेको?

हामी कति सरल शिष्ट कलाकार नपाएका पनि होइनौ। महानायक राजेश हमाल, मह जोडी, शिव हरि देखि मुन्द्रेहरूलाई हेर्ने हो भने न यिनमा चुरीफुरी छ न त मदिरा प्रति त्यत्रो लगाव। यिनले पनि सेवन त गर्लान् तर यिनले सेवन गरेको बिरलै यिनका फ्यानलाई थाहा हुन्छ। त्यही भएर पनि महा नायक, महहरूलाई हेर्न मनैबाट रहर लाग्छ र हामी जान्छौ पनि! यो हो नि कलाकारमा हुनु पर्ने गुण!

यसरी आफ्नो औकात भुल्ने गायक/कलाकारहरूलाई दर्शक र आयोजकले छानी छानी बहिस्कार गर्नु पर्छ। फेरी हामी दर्शक पनि त्यति सभ्य चैँ छैनौ है। हामीलाई पनि खुट्टै टेक्न नसक्ने हुनै पर्ने, कन्सट होस या साङ्गीतिक/सांस्कृतिक कार्यक्रममा झैँ झगडा गर्नै पर्ने हुन्छ। अराजकताको पराकास्ट हुनै पर्ने र रमिते बन्नै पर्ने चलन वा संस्कार हामी दर्शको पनि छ।

अमेरिकामा त यहाँको प्रशासन यतिसम्म चनाखो भइसकेको छ कि केही कलाकार/गायक आउने थाहा पाउने बित्तिकै त्यो ठाउँलाई रेड कर्नर मै राख्ने गरेका छन् र झैँ झगडा, लफडा, र अराजक भएकै कारण धेरै मानिसहरू गिरफ्तार हुने गरेका छन्।

यस्ता अराजक कलाकार होस वा दर्शक यी दुवै प्रवृत्ति पशु रूपीहरूलाई छानी छानी प्रशासन कहाँ नपुर्‍याउने हो भने यिनले नै हाम्रो संस्कार र संस्कृतिको समापन गराउँछन्।

(निरौला अमेरिकामा रहेर पत्रकारिता गरिरहेका छन्। उनी सन् २०२१ मा अमेरिकी राष्ट्रपतिबाट विभूषित भएका थिए। उनी हालै प्रकाशित ‘द फरगटन स्टोरी’ पुस्तकका लेखक हुन्।)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading