विद्यार्थीलाई न्यानो ज्याकेट सहयोग

विद्यार्थीलाई न्यानो ज्याकेट सहयोग

825
SHARES

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको श्री ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको छ।

विद्यालयकी पूर्व विद्यार्थी एवं समाजसेवी रिता दुलालले निरन्तर सहयोग शृङ्खला अन्तर्गत सोमबार २० जना विद्यार्थीलाई न्यानो ज्याकेट सहयोग हस्तान्तरण गरेकी हुन्।

यस शैक्षिक सत्रमा कक्षा १ मा अध्ययन गर्ने २० जना विद्यार्थीहरूले न्यानो ज्याकेट पाएका छन्। दुलालले गत वर्ष पनि २५ सेट न्यानो ज्याकेट वितरण गरेकी थिइन।

उनले कक्षा केजीमा अध्ययनरत सुहाना श्रेष्ठलाई कक्षा दस सम्म अध्ययन गर्न लाग्ने सम्पूर्ण सहयोग गर्ने काम अगाडि बढाएकी छन्। ‘उहाँको यस्ता सत्कर्मलाई धन्यवाद व्यक्त गर्दै भोलिका दिनमा पनि सहयोगको अपेक्षा गरिन्छ’ विद्यालयले भनेको छ।

दुलालले ‘समाजसेवा गर्नु मेरो लागी मन्दिर जानु सरह हो’ भनेकी छन्। उनले बाबु नानीहरूलाई केही सहयोग गर्न पाउँदा खुसी लागेको सामाजिक सञ्जालमा लेखेकी छन्।

समाचार शेयर गर्नुहोस्
825
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.