नमोबुद्ध नपुगी रिसोर्टबाटै फर्किए ज्ञानेन्द्र

नमोबुद्ध नपुगी रिसोर्टबाटै फर्किए ज्ञानेन्द्र

661
SHARES

काठमाडौं : महाराजाधिराजकै नाममा बडादसैँको शुभकामना दिएका पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित घुमघाम गर्न व्यस्त बनेका छन्।

केही दिन अघि भक्तपुर पुगेर फुलमाला पहिरिएका पूर्वराजा ज्ञानेन्द्र आइतबार काभ्रेको धुलिखेल नगरपालिका ११ फूलबारी नजिकै रहेको दूषित थानी हिमालयन रिसोर्टमा पुगे।

रिसोर्टमा तीन दिन बिताएका ज्ञानेन्द्र बुधवार दिउँसो परिवारसहित नै काठमाडौं फर्किएका छन्। रिसोर्टका एक कर्मचारीले दिएका जानकारी अनुसार ज्ञानेन्द्र तीन दिन नै रिसोर्ट बाहिर निस्किएनन्। उनले रिसोर्टमै बसेर तीन दिन बिताएका ती कर्मचारीले पहिचानलाई जानकारी दिए।

काभ्रेको फूलबारी पुगे ज्ञानेन्द्र, बसे रिसोर्टमा

सञ्चालनमा आएको ६ महिना मात्रै भएको रिसोर्टमा पुगेका ज्ञानेन्द्र नजिकै रहेको नमोबुद्ध मन्दिर पुगेनन्। रिसोर्टबाट नै उनले हिमालहरूको दृष्यवलोकन भने गरे। ‘उहाँले तीन दिन नै रिसोर्टमा बिताउनु भयो,बाहिर निस्कनु भएन,’एक कर्मचारीले भने,‘आज (बुधवार) दिउँसो साढे ३ बजे फर्कनु भयो।’

पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय विभिन्न ठाउँको घुमघाममा निस्किरहेका छन्। घुमघामका माध्यमबाट जनगुनासो सङ्कलन गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आइतबार परिवारसहित काभ्रेको फूलबारी नजिकै रहेको दूषित थानी हिमालयन रिसोर्ट पुगेका थिए।

समाचार शेयर गर्नुहोस्
661
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.