भूकम्प पीडितलाई महालक्ष्मी विकास बैङ्कको १० लाख सहयोग

भूकम्प पीडितलाई महालक्ष्मी विकास बैङ्कको १० लाख सहयोग

454
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्कले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरूको सहायताका लागि दश लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैङ्कले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको जनाएको छ।

महालक्ष्मी विकास बैङ्कका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाशशरण महतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ।

बैङ्कले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना बैङ्कले गरेको छ।

समाचार शेयर गर्नुहोस्
454
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.