जापानी उत्पादनको लबिम मलमा शोरुम

जापानी उत्पादनको लबिम मलमा शोरुम

610
SHARES

काठमाडौँ : जापानको विश्व प्रसिद्ध ‘जोजिरुशी’का उत्पादनहरू नेपालमा औपचारिक बिक्री सुरु भएको छ। आफ्नो ट्रेड कन्सर्न प्रालिले ‘जोजिरुशी’का उत्पादनहरू नेपालमा भित्र्याएको हो।

सन् १९१८ मा स्थापना भएको जोजिरुशीले सुरुमा व्याकुम इन्सुलेसन बोटलहरुको निर्माण गरेर आफ्नो यात्रा सुरु गरेको थियो। आफ्ना उत्पादनहरूमा विविधता थप्दै जोजिरुशीले राइस कुकर, ब्रेडमेकिङ मेशिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्प्लाइन्सेसहरुको उत्पादन गर्दै आएको छ।

जोजिरुशीका उत्पादनहरू विक्री गर्न आफ्नो ट्रेड कन्सर्नले सोमबारबाट ललितपुरको पुलचोकमा रहेको लबिम मलको एल ६ मा स्टोर सञ्चालनमा ल्याएको छ।

उक्त स्टोरमा उपभोक्ताहरूले आफैले समान निरीक्षण गर्न र समानहरू प्रयोगको बारेमा स्टोरमा कार्यरत कर्मचारीबाट आवश्यक जानकारी लिन सक्ने आफ्नो ट्रेड कन्सर्नले जानकारी दिएको छ।

जोजिरुशीका मुख्य उत्पादनहरूमा राइसकुकर, ब्रेडमेकिङ्ग मेशिन, पानी खाने बोतल, भ्याक्युम इन्सल्टेड मग र बोतल, जार लगायतका रहेका छन्। सय वर्षभन्दा लामो इतिहास बोकेको कम्पनीबाट उत्पादित प्रडक्टहरू गुणस्तरीय, स्वास्थ्यमैत्री र टिकाउ रहेको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ।

यसका उत्पादनहरू जापान, अमेरिका, सिंगापुर, युरोपलगायत विश्वका प्रमुख बजारहरूमा समेत उपलब्ध छन्। आफ्नो ट्रेड कन्सर्नले हाल विभिन्न प्रकारका राइसकुकर, ब्रेडमेकिङ्ग मेशिन लगायतका सामाग्री आयात गरी नेपाली उपभोक्तालाई उच्चगुणस्तरका बस्तुहरूको बिक्रिवितरण सुरु गरेको जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्
610
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.