मन्त्रीहरू बदल्ने सङ्केत : गृहमा काँग्रेस, नारायणकाजीलाई परराष्ट्र !

मन्त्रीहरू बदल्ने सङ्केत : गृहमा काँग्रेस, नारायणकाजीलाई परराष्ट्र !

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू बदल्ने सङ्केत गरेका छन्। सरकारको एक वर्षे उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू बदल्ने सङ्केत गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने सङ्केत गरे।

मन्त्रीहरू बदल्ने चर्चा भइरहेका बेला अब कार्यक्षमता कमजोर हुनेहरूले ठाउँ ओगट्न नहुने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। प्रचण्डले मन्त्रीहरूको कार्यक्षमताको कुरा उठाएर मन्त्रीहरूलाई असफल हुने छुट नभएको बताए।

उनले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बस्न जरुरी नरहेको सुनाए। प्रधानमन्त्री प्रचण्डले केही दिनमै कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्रोतले बताएको छ। स्रोतका अनुसार हाल गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिने तयारी छ।

गृह काँग्रेसलाई दिने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्। गृह छोडेर परराष्ट्रमा जान श्रेष्ठले पनि रुचि व्यक्त गरेका स्रोतको दाबी छ। हाल परराष्ट्र मन्त्रीमा काँग्रेसका एनपी साउद छन्। गृहमा साउदलाई नै ल्याउने/नल्याउने काँग्रेसले टुङ्गो लगाएको छैन।

स्रोतका अनुसार गृहमा काँग्रेसबाट प्रमुख सचेतक रमेश लेखकको चर्चा छ। ‘लगभग लेखकको नाममा सहमति जस्तै भए पनि टुङ्गो लागिसकेको छैन,’स्रोतले भन्यो,‘पार्टी सभापतिले चाहेको व्यक्ति नै गृहको नेतृत्वमा जाने पक्का जस्तै छ।’

प्रधानमन्त्री प्रचण्डले एक वर्ष भाषणबाजीमै बिताएका छन्। भाषणले लङ्का चुटेका प्रधानमन्त्री प्रचण्डले सरकारका दैनिक कामलाई उपलब्धिका रूपमा व्याख्या गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त हुँदा गरेका बाचा पुरा गर्न प्रचण्ड स्वयं असफल बनेका छन्।

प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो एक वर्ष असफल नभएको तर सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्। प्रधानमन्त्री प्रचण्डले विद्युत् क्षमता बढेको, सडक सञ्जालमा उल्लेख्य प्रगति भएको, साक्षरता, औसत आयु र अर्थतन्त्र सकारात्मक स्थितिमा पुगेको दाबी गरेका छन्।

सरकारले गैरआवासीय नागरिकता दिन थालेको, राहदानी बनाउने विकल्पलाई थपिएको, श्रम स्वीकृति अनलाइनबाट दिन थालिएको, विदेशस्थित नियोगबाट समेत श्रम स्वीकृति दिन थालिएको, २४ सै घण्टा गुनासो सुन्ने गरी श्रमकल सेन्टर सुरु गरेको लगायतका फेहरिस्त प्रधानमन्त्रीले सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading