स्वास्थ्य क्षेत्रमा महालक्ष्मी बैङ्कका ग्राहकलाई छुटै छुट

स्वास्थ्य क्षेत्रमा महालक्ष्मी बैङ्कका ग्राहकलाई छुटै छुट

236
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडले Apollo Diagnostic Center सँग सम्झौता गरेको छ।

स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौँमा अवस्थित Apollo Diagnostic Center सम्झौता भएको महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

महालक्ष्मी विकास बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले दाबी गरेको छ।

यस किसिमको सहकार्यबाट बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतना मूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
236
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.