महालक्ष्मी विकास बैङ्कले नगद लाभांश वितरण गर्ने

महालक्ष्मी विकास बैङ्कले नगद लाभांश वितरण गर्ने

451
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

बैङ्कको बाइसौँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

साधारण सभाले विदेशी बैङ्क तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रूपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ।

सभाले आ.व. २०८०/८१मा बैङ्कको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ।

सभाले बैङ्कको प्रबन्ध पत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

बैङ्क सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैङ्कका क्रियाकलापहरूलाई विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने बताए।

आगामी दिनमा थप प्रगति हासिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गरे। साधारण सभाले आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ।

बैङ्कको लेखा परीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन्।

समाचार शेयर गर्नुहोस्
451
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.