वायु सेवाले तिर्‍यो ५३ करोड ९ लाख

वायु सेवाले तिर्‍यो ५३ करोड ९ लाख

काठमाडौं : नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।

अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८० पौष महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी पौष २९ गते जम्मा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको हो।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ किस्ता रकम भुक्तानी भइसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.