किन बढ्दै छ अनौपचारिक अर्थतन्त्रको आकार?

किन बढ्दै छ अनौपचारिक अर्थतन्त्रको आकार?

काठमाडौं : नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार हरेक वर्ष बढ्दै गएको छ। १०० रुपैयाँको कुल अर्थतन्त्रमा ४२ रुपैयाँ अनौपचारिक रूपमा हुने गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अनौपचारिक अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादनको ४२.६६ प्रतिशत पुगेको छ।

अनौपचारिक अर्थतन्त्र भन्नाले एक सय रुपैयाँको आर्थिक क्रियाकलाप देशमा हुन्छ भने त्यो मध्ये लगभग ४२ रुपैयाँको आर्थिक क्रियाकलापहरूको औपचारिक च्यानलमा रेकर्ड नहुनु हो। एक वर्षको नेपालको आर्थिक क्रियाकलाप पैसामा व्यक्त गर्दा सय रुपैयाँमा व्यक्त हुन्थ्यो भने त्यो सबै औपचारिक रेकर्डमा नआउनु अनौपचारिक अर्थतन्त्र हो।

अनौपचारिक अर्थतन्त्र शून्य भने नहुने अर्थशास्त्रीहरू बताउँछन्। संसारभरि नै कृषिसँग सम्बन्धित आर्थिक क्रियाकलापहरू, घर परिवारमा आफैँका लागि व्यवस्थापन गरिएका क्रियाकलापहरू, केही व्यापारजन्य व्यवसायहरू र केही अर्थतन्त्रका अवयवहरू अनौपचारिक हुन्छन्।

क्यानडा लगायतका कुनै कुनै देशमा सयमा आठ प्रतिशत अर्थतन्त्र औपचारिक रेकर्डमा आउँदैन। ‘कतिपय पूर्व रसियाबाट छुटेका देशहरू अथवा पूर्वी युरोपियन र एसियाको बीचमा रहेका जर्जिया लगायत केही देशहरूमा ६८/६९ प्रतिशत अर्थतन्त्र औपचारिक रेकर्डमा नआएको देखिन्छ,’त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक रमेश थापाले भने,‘संसारभरिको औसत भनेको सय रुपैयाँमा २५ देखि ३० रुपैयाँ रेकर्डमा आउँदैन, त्यसलाई हामीले मान्यौ। तर,हाम्रोमा त्यो भन्दा माथि प्रत्येक वर्ष बढ्दै बढ्दै गएको छ।’

देशको अर्थतन्त्रको ४२ प्रतिशत हिस्सा रेकर्डमा नआउनु कृषिमा गरिएको, खेतीपाती, आम गरिबले गरेको आर्थिक क्रियाकलाप नभएको सहप्राध्यापक थापाले बताए।‘यसको मतलब अघिल्लो वर्ष आम गरिब वर्ग जो रेकर्डमा आउँदैन, त्यो खालको आर्थिक क्रियाकलाप गर्ने वर्गको पोहोर रेकर्डमा आएको थियो भने अहिले पनि आउँथ्यो,’उनले भने,‘औपचारिक क्षेत्रमा हुने आर्थिक क्रियाकलापका अंशहरू नियतवश नीति निर्माण तहमा कमजोरी आएको भएर कतै डम्प भएर त बसेन? कतै अनौपचारिक तरिकाले आर्थिक क्रियाकलाप त भएन भन्ने डर हो। यसले सिरियस नीतिगत अर्थ राख्छ।’

सुन्नुहोस् सहप्राध्यापक डा. रमेश थापासँग गरिएको कुराकानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading