दिपेश लम्साल महालक्ष्मी विकास बैङ्कको सिइओ नियुक्त

दिपेश लम्साल महालक्ष्मी विकास बैङ्कको सिइओ नियुक्त

329
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लि.को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिपेश लम्साल नियुक्त भएका छन्।

२३ माघमा बसेको सञ्चालक समितिको निर्णय अनुसार लम्साललाई हाल रिक्त रहेको सिइओ पदमा नियुक्त गरिएको बैङ्कले जनाएको छ।

बैङ्कको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजीनामा पश्चात् सञ्चालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए।

बैङ्कले लम्साललाई केन्द्रीय कार्यालय, दरबारमार्गमा स्वागत गरिएको जानकारी दिएको छ। उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैङ्क प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता जनाएका छन्। उनले बैङ्कको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन सम्पूर्ण कर्मचारीलाई समेत आग्रह गरे।

विगत १५ वर्ष देखि महालक्ष्मी विकास बैङ्कमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैङ्क तथा विकास बैङ्कमा गरी करिब २८ वर्षको बैङ्किङ अनुभव रहेको बैङ्कले निकालेको विज्ञप्तिमा लेखिएको छ।

समाचार शेयर गर्नुहोस्
329
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.