सरकार र किसानबीच सहमति, चैत्र २१ सम्म भुक्तानी गरिसक्नु पर्ने

सरकार र किसानबीच सहमति, चैत्र २१ सम्म भुक्तानी गरिसक्नु पर्ने

824
SHARES

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपालबीच ५ बुँदे सहमति भएको छ।

केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध विक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गते देखि विभिन्न किसिमबाट गरिरहेको आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबीच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएको हो।

दुग्ध उत्पादक कृषकहरूलाई दूध विक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पौष मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गरिसक्ने सहमति भएको छ।

प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिड नहुने गरी निरन्तर खरिद गरिरहने, दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने साथै दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवर्द्धन सम्बन्धी विषयहरू नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमति भएको छ।

नेपाल सरकारले पशुपालक किसानहरूलाई दिइरहेको कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपालले राखेका अन्य मागहरू सम्बोधन गर्न पहल गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए। केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगन गरिएको बताए।

सहमति पत्र यस्तो छ :

समाचार शेयर गर्नुहोस्
824
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.