महालक्ष्मी विकास बैङ्कको दुई दिने कार्य गोष्ठी

महालक्ष्मी विकास बैङ्कको दुई दिने कार्य गोष्ठी

448
SHARES

चितवन : महालक्ष्मी विकास बैङ्कले फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, केन्द्रीय कार्यालयका कर्मचारीहरू र शाखा प्रबन्धकहरूको उपस्थितिमा नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ नामक दुई दिने कार्य गोष्ठी÷सेमिनार सम्पन्न गरेको छ।

उक्त कार्य गोष्ठी÷सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकरात्मकताबीच आगामी दिनहरूमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

बैङ्कका अनुसार बैङ्कको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरूको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो।

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैङ्कको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको बैङ्कले जनाएको छ।

उक्त कार्य गोष्ठी÷सेमिनारमा कर्मचारीहरूको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्त्वपूर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरू समेत गरिएको थियो।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन्।

२०८०/०९/२८ मा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
448
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.