हर्टिकल्चर एक्स्पोमा करोड कारोबार हुने अनुमान

हर्टिकल्चर एक्स्पोमा करोड कारोबार हुने अनुमान

176
SHARES

काठमाडौं : नर्सरी व्यवसायी सङ्घको आयोजनामा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो–२०८० हुने भएको छ। सङ्घले यही चैत्र १६ गतेदेखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा एक्स्पो हुने जानकारी दिएको हो।

मेला संयोजक सङ्घका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरका अनुसार मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने छ।

मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहनेछ। मेलामा ७४ वटा व्यवसायीक स्टल ४ वटा फुड स्टल ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टलसहित जम्मा ९० वटा स्टल रहने सङ्घले जानकारी दिएको छ।

मेलामा कम्तीमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने र एक करोड भन्दा बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ। मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थी, ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन शिल्ड नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।

प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि बागवानी विज्ञ, वनस्पति विज्ञ साथै माटो तथा पर्यावरण विज्ञसहितको संलग्नतामा ३ सदस्यीय मूल्याङ्कन समिति समेत गठन गरिएको छ।

नर्सरी व्यवसायी मध्यबाट १ जनालाई वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मानद्वारा सम्मान गरिने सङ्घले जनाएको छ। कृषि क्षेत्रमा कलम चलाइरहेका दुई जना कृषि पत्रकारहरूलाई समेत सम्मान गर्ने सङ्घले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
176
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.