१ लाख ३० हजार पुग्यो सुनको भाउ, अझै उकालो लाग्ने

१ लाख ३० हजार पुग्यो सुनको भाउ, अझै उकालो लाग्ने

353
SHARES

काठमाडौं : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुन तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको छ। गत साता जस्तै यो साता पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पछिल्लो कारोबार भएको दिन अर्थात् शुक्रवार भने हालसम्मकै उच्च मूल्य कायम भएको छ। अमेरिकी डलरको मूल्यमा देखिएको मजवुति सँगै त्यसको प्रभाव सुनको मूल्यमा पर्दै गएको विश्लेषकहरूले बताएका छन्।

साताको पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण मूल्य निर्धारण भएन। दोस्रो दिनको प्रति १० ग्राम १ लाख ८ हजार ६ सय २५ रुपैयाँ रहेको सुनको मूल्य तेस्रो दिन सामान्य घटेर पुनः वृद्धि भई साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार भने हालसम्मकै उच्च अर्थात् प्रति १० ग्राम १ लाख ११ हजार ४ सय ५५ पुगेको छ।

सोमबार सुन तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो। मङ्गलवार भने घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको थियो। बुधवार १ लाख २६ हजार ८, बुधवार १ लाख २६ हजार ८ सय र बिहीबार सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रवार तोलामा २ हजार १ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। सुनको भाउ अझै बढ्ने महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए।

सुन्नुहोस् शाक्यसँगको कुराकानी

समाचार शेयर गर्नुहोस्
353
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.