व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

379
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क र एनआईसी एसिया क्यापिटल लि.बीच बैङ्कका ग्राहकहरूको व्यवस्थित लगानी योजना (Systematic Investment Plan) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ।

एनआईसी एसिया क्यापिटल लि.द्वारा सञ्चालित खुलामुखी योजना–एनआईसी एसिया डाईनामिक डेप्ट फन्डको महालक्ष्मी विकास बैङ्कले वितरण एजेन्टको रूपमा कार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

महालक्ष्मी विकास बैङ्कको शाखा सञ्जालहरूको अधिकतम उपयोग गरी लगानीका अवसरहरूको थप विस्तार तथा विविधीकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको बैङ्कले जनाएको छ।

देशभर रहेका लगानीकर्ताहरूको एन.आइ.सी एसिया डाईनामिक डेप्ट फन्डमा सहज पहुँच भई वित्तीय समावेशिता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ। हाललाई यो सेवा बैङ्कको दरबारमार्ग शाखामार्फत र क्रमशः देशभरका शाखा कार्यालयहरू मार्फत प्रदान गरिने महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले जनाएको छ। देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन्।

साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।

समाचार शेयर गर्नुहोस्
379
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.