के छन् विद्युतीय सवारी साधनको प्रयोगमा चुनौती?

के छन् विद्युतीय सवारी साधनको प्रयोगमा चुनौती?

192
SHARES

काठमाडौं : विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारीको आयात भएको भन्सार विभागले जनाएको छ।

विभागको तथ्याङ्क अनुसार यो गत वर्षको भन्दा दुई अर्ब ७० करोड ६१ लाख ४६ हजार रुपैयाँले बढी हो। गत वर्ष यही अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको थियो।

अन्य सवारी साधनको तुलनामा विद्युतीय सवारीको लागत खर्चसमेत कम पर्ने हुँदा यसको प्रयोग बढ्दै गएको यातायात विज्ञ बताउँछन्।

विद्युतीय सवारी साधनले पेट्रोल, डिजेल सवारी साधनले जस्तो वातावरण र मानव स्वास्थ्यलाई असर पुर्‍याउने कार्बोनमोनोक्साइड ग्यास उत्सर्जन नगर्ने हुँदा विद्युतीय सवारी साधन वातावरणमैत्री रहेको यातायात विज्ञ एवं नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।

सडक पूर्वाधार र पर्याप्त चार्जिङ स्टेसन नहुँदा विद्युतीय सवारी साधनको प्रयोगमा चुनौती देखिएको उनले बताए।

मुलुकभर दर्ता भएका झन्डै ४० लाख सवारी साधन मध्ये डेढ प्रतिशत बराबर मात्रै विद्युतीय सवारी साधन सञ्चालनमा रहेका यातायात व्यवस्था विभागको तथ्याङ्क छ।

नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले पनि आफ्नै लगानीमा धमाधम विद्युतीय सवारी साधन चार्ज गर्ने स्टेसन निर्माण गरिरहेका छन्। नीतिगत अस्थिरताका कारण विद्युतीय सवारी साधन आयातमा नकारात्मक असर पर्न गएको यातायात विज्ञ गजुरेलले बताए।

सरकारको नीति नै विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्नेमा नै केन्द्रित गर्न गजुरेलले सुझाव दिएका छन्।

सुनौँ गजुरेलसँगको कुराकानी

समाचार शेयर गर्नुहोस्
192
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.