संसद्को अन्तिम बैठक : कार्यसूचीबाट गृहमन्त्री लामिछाने आउट

संसद्को अन्तिम बैठक : कार्यसूचीबाट गृहमन्त्री लामिछाने आउट

काठमाडौं : प्रतिनिधिसभाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची हटाएको छ। आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार यसअघि पटकपटक सर्दै आएको राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत नहुने भएको हो।

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ। सहकारी ठगी प्रकरणमा गृह मन्त्री लामिछानेमाथि नै छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान लिएको काँग्रेसको माग पुरा गर्नुपर्ने डरले सरकारले शुक्रवार मात्रै अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो।

चालु अधिवेशनको आइतबार बस्ने अन्तिम बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्। सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस हुने कार्यसूची छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक र राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुने कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।

बैठकमा सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरूको सूचना स्वीकृतिका लागि पेस गर्नुहुने पनि कार्यसूची रहेको छ। तर, गृहमन्त्री लामिछानेले यसअघिका बैठकमा पेस गर्ने भनेर कार्यसूचीमा राखिने गरेको राजनीतिक दल सम्बन्धी विधेयक भने आउट भएको छ।

सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछिको अवस्थाबारे छलफल गर्न नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। दलका नेता शेरबहादुर देउवाले आइतबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन्। नेकपा एमालेको सचिवालय बैठक पनि आइतबारका लागि बोलाइएको छ।

नयाँ वर्षमा ज्ञानेन्द्रलाई ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजालाई गाली गरेर नयाँ वर्षको सुरुवात गरेका छन्। ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर अब फेरि एउटा परिवारलाई देशले थपना गर्न नसक्ने बताए।

संविधानको दायराभित्र आएर आफ्नो माग राख्न ओलीले सुझाव दिएका छन्। बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन कार्यक्रममा उनले अहिलेको निराशालाई समातेर राप्रपाले राजतन्त्र फर्काउन गरेको प्रयास सफल नहुने दाबी पनि सुनाएका छन्।

पञ्चायतकाल र राजतन्त्र भएको बेलामा जनताका अधिकार पटक पटक खोस्ने प्रयास भए पनि अहिले लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न प्रतिबन्धित नरहेको ओलीले बताए। उनले नयाँ वर्षमा पनि केही हुँदैन भन्ने भाष्य सिर्जना नगर्न सचेत गराए।

२०८० साल राजनीतिक उथलपुथल र अस्थिरताका कारण सही दिशामा अघि नबढेको टिप्पणी भइरहेका बेला सत्तारुढ प्रमुख घटक एमाले अध्यक्ष ओलीले देश ठिकठाक चलिरहेको दाबी गरे। आफू सरकारमा भएपछि देशको मुहार फेरिएको दाबी गरेका ओलीले अरू दलको सरकार बने देश बरबाद हुने सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading