महालक्ष्मी विकास बैङ्कद्वारा नयाँ बचत खाता सञ्चालनमा

महालक्ष्मी विकास बैङ्कद्वारा नयाँ बचत खाता सञ्चालनमा

305
SHARES

काठमाडौँ : नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैङ्कले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अलइनवान) सञ्चालनमा ल्याएको छ।

यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सी–आश्वा तथा टी. एम. एस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन्।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टी. एम. एस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सी– आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन। टी. एम. एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्य समेत बैङ्क स्वयंले नै गर्नेछ।

यसबाट सेयर लगानीकर्ताहरूको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने
विश्वास बैङ्कले लिएको छ।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन्।

साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।

समाचार शेयर गर्नुहोस्
305
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.