ग्लोबल आइएमई बैङ्कको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

ग्लोबल आइएमई बैङ्कको “पैसा आउने, थपेर पाउने” योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

297
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैंकिङ्ग प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ।

पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैङ्कमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ।

यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५,००० देखि ५०,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५०,००१ देखि १००,००० रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १००,००० रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना जुन १०, २०२४ सम्म लागू रहनेछ।

ग्लोबल आइएमई बैङ्कमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैङ्कले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँ सम्म थप गरिदिनेछ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ।

त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
297
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.