सञ्चारकर्मी भट्टराई स्वस्थकर मासुबारे जनचेतना जगाउन ब्रान्ड एम्बेसडर

सञ्चारकर्मी भट्टराई स्वस्थकर मासुबारे जनचेतना जगाउन ब्रान्ड एम्बेसडर

376
SHARES

काठमाडौँ : भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई नियुक्त भएका छन्। बालाजुमा रहेको ग्रुपको कर्पोरेट कार्यालयमा ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले सोमबार उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्तिको सम्झौता पत्र हस्तान्तरण गरेका थिए।

विक्रम संवत् २०४१ मा सुपथ मूल्यमा गुणस्तरीय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालिबाट सुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्रीसँगै भ्याली एक्सप्रेसको ब्रान्डमा फास्टफुड चेन रेस्टुरेन्टमा समेत सफल ब्यवसायीक समूह बनिसकेको छ।

मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योग, आधुनिक वधशाला र फास्ट फुड चेन सञ्चालन गरिरहेको भ्याली ग्रुप पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धानमा समेत संलग्न छ।

भ्याली ग्रुपको उत्पादनसँगै स्वास्थ्यकर मासुको उपभोगमा जनचेतना जगाउन सहकार्य गर्दै सञ्चारकर्मी भट्टराईलाई कम्पनीले ब्रान्ड एम्बेस्डरको रूपमा सहकार्य गरिएको भ्याली ग्रुपका अध्यक्ष रावलले बताए।

‘हाम्रो उद्देश्य स्वास्थ्यकर र गुणस्तरीय मासुजन्य सामाग्री लगायतको प्रवर्धन गर्नु हो,’ रावलले भने’ सञ्चारकर्मी भट्टराईसँगको सहकार्यले आम उपभोक्तामा स्वास्थ्यकर मासुजन्य सामाग्रीको उपभोगबारे चेतना बढ्ने हाम्रो विश्वास छ।‘ सञ्चारकर्मी भट्टराईले भ्याली ग्रुपसँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीको साखसँगै स्वास्थ्यकर मासुको उपभोगका लागि उपभोक्ताहरूलाई सचेत र जागरूक गराउन प्रयास गर्ने बताए।

समाचार शेयर गर्नुहोस्
376
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.