मिस्टर गे नेपालका प्रतिस्पर्धीको ‘ट्यालेन्ट राउन्ड’ (भिडियो)

मिस्टर गे नेपालका प्रतिस्पर्धीको ‘ट्यालेन्ट राउन्ड’ (भिडियो)

काठमाडौँ : मिस्टर गे नेपाल २०२४ मा १८ जनाबीच फाइनल प्रतिस्पर्धा हुने भएको छ। देशका विभिन्न जिल्लाबाट सहभागी भएकामध्ये १८ जनाबीच फाइनल भिडन्त हुने भएको हो।

प्रतिष्पर्धीहरुको ट्यालेन्ट राउन्ड सकिएको छ। नेपालमा दोस्रो मिस्टर गे हेन्डसम भएको ६ वर्षपछि हुन लागेको मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुबीच क्लोज क्याम्पमा ट्यालेन्ट राउन्ड भएको हो। जहाँ उनीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

नेपालमा पहिलो पटक सन् २०१३ मा भएको मिस्टर गे हेन्डसमको उपाधि विश्वराज अधिकारी र सन् २०१७ मा मनिल सिंहले चुमेका थिए। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले आयोजना गर्न लागेको रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनको भोलि पल्ट वैशाख ९ गते मिस्टर गे नेपाल हुनेछ।

प्रतिष्पर्धीहरुलाई एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले टिप्स दिएका छन्। मोडल, कोरियोग्राफर र होस्ट प्रिया रानी लामा, मेकअप आर्टिस्ट चन्द्र गुरुङ्ग, विश्वराज अधिकारी, मनिल सिंह, मधु केसी, सुरेन्द्र पाण्डे लगायतले क्लोज क्याम्पमा प्रशिक्षण दिएका छन्।

प्रतिष्पर्धीहरुले उम्दा प्रतिभा प्रस्तुत गर्ने दाबीका साथ मेहनत गरिरहेका छन्। पन्तको पहलमा पहिलो पटक संवैधानिक अधिकार प्राप्त गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रको वास्तविकता प्रतिष्पर्धीहरुले उजागर गरेका छन्।

‘मिस्टर गे नेपाल’को लोगो अङ्कित टिसर्ट सार्वजनिक, विजेतालाई १ लाख पुरस्कार

मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा वैशाख ८ गते पहिलो पटक रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ। सम्मेलनकै क्रममा हुने मिस्टर गे नेपालका उपाधि विजेताले बेलायतमा हुने विश्व गे च्याम्पियनमा प्रतिस्पर्धा गर्नेछन्।

लामो ग्यापपछि हुन लागेको मिस्टर गे नेपालमा सहभागीहरू उत्साहित देखिएका छन्। उपाधि चुम्ने उत्कट चाहनाका साथ उनीहरू आफ्नो प्रतिभालाई तिखारिरहेका छन्।


मिस्टर गे नेपालको उपाधि चुम्ने प्रतिस्पर्धामा अनुराग चन्द, टिका बहादुर मगर, सुशान्त बुढा क्षेत्री, सविन खतिवडा, युनिक चौधरी, लक्ष्मण मगर, अशोक कोइराला, पवन ढकाल, वेद लुइँटेल, सुनिल तामाङ, नवीन जिसी, सुशील चन्द, विष्णुजंग ठकुरी, लासाङ दोर्जे बल, दिनेश चौधरी, प्रवीण बुढाथोकी, त्रैलोक्य श्रेष्ठ र केशव थापा मगर सहभागी छन्।

प्रतिष्पर्धीहरुको बिहीबार ट्यालेन्ट राउन्ड भएको छ। ट्यालेन्ट राउन्डका निर्णायकहरू गायक सपन श्रेष्ठ, अभिनेता/मोडल सुरज गराच, मिस कस्मोपोलिटन नेपाल २०२३ स्मृति श्रेष्ठ, मोडल/अभिनेता आनन्द सिंह र नृत्य निर्देशक पदम घलानले प्रतिष्पर्धीहरुलाई नेपालको नाम संसारभर फैलाउने सफलताको शुभकामना दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading