सुप्रिम सहकारी : प्रतिवादी ६ जना धरौटीमा रिहा

सुप्रिम सहकारी : प्रतिवादी ६ जना धरौटीमा रिहा

292
SHARES

रुपन्देही : सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा रुपन्देही जिल्ला अदालतले ओमप्रकाश गुरुङ्गलाई थुनामा राख्ने आदेश दिएको छ। अदालतले ६ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको इजलासमा थुनछेक बहसपछि शुक्रवार आदेश आएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

लामिछानेसँग प्रधानमन्त्री र ओलीले गरे छलफल

प्रतिवादीहरू दुर्गा चापागाईँ पाण्डेबाट १८ लाख, नवीन अछामीबाट १० लाख, दीपक न्यौपानेबाट ४ लाख ४५ हजार, निता थापामगर र रोशनी गुरुङबाट जनही दुई/दुई लाख रुपैयाँ धरौटी माग गरेको मरासिनीले बताए।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई ४ लाख धरौटीमा छाड्ने आदेश भएको छ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनका महासचिव समेत रहेका पुन सुन तस्करी प्रकरणमा समेत मुछिएका छन्।

रुपन्देहीबाट छुटे पनि उनलाई सुन तस्करी प्रकरणमा काठमाडौं ल्याएर अनुसन्धान गर्ने सीआइबीले बिहीबार नै पत्राचार गरिसकेको छ।

राजीनामा दिन लामिछानेमाथि पार्टीभित्रै दबाब, जीवी पक्राउ गर्न कूटनीतिक नोट

समाचार शेयर गर्नुहोस्
292
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.