मिष्टर गे नेपाल : टप फाइभ घोषणा

मिष्टर गे नेपाल : टप फाइभ घोषणा

काठमाडौँ : एसियाको पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले समलिङ्गी विवाह दर्ता भए पनि कानुनमा परिवर्तनका लागि पहल गरिरहेको बताएका छन्। ‘समलिङ्गी विवाह दर्ता भएको छ,तर कानुनमा परिवर्तन भएको छैन’ पन्तले भने।

मिष्टर गे नेपाल २०२४ का प्रतिष्पर्धीहरुलाई शुभकामना दिँदै पन्तले मिष्टर गे नेपाललाई मनोरञ्जनको रूपमा मात्रै नभएर अधिकारका लागि आयोजना भएको बताए। उनले मिष्टर गे नेपालले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने बताए। ‘यसलाई मनोरञ्जनको पार्टबाट मात्रै लिन हुँदैन,’पन्तले भने,‘मिष्टर गे नेपालले देशको पर्यटन प्रवर्द्धन गर्नेछन्।’

पन्तले मायाको पहिचान नयाँ संस्था भएको बताउँदै रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन, मिष्टर गे नेपाललाई हरेक वर्ष निरन्तरता दिने बताए। मिष्टर गे नेपालका टप टेन प्रतिष्पर्धीहरु मध्ये टप फाइभ घोषणा भएको छ।

टप फाइभमा नवीन जिसी, पवन ढकाल, अशोक कोइराला। लक्ष्मण मगर, र लासाङ दोर्जे बल परेका छन्। उनीहरूलाई पन्तले मिष्टर गे नेपालको उपाधि जितेर के बन्न चाहनुहुन्छ? भनेर प्रश्न सोधेका छन्। टप फाइभका प्रतिष्पर्धीहरुले प्रश्नको उत्तर लेख्न तीन मिनेटको समय पाएका छन्।

मिष्टर गे नेपाल : टप टेन सार्वजनिक

प्रतिष्पर्धीहरुले नेपाललाई विश्वमाझ चिनाउने, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका व्यक्तिका लागि खुल्नका सहज वातावरण बनाउन पहल गर्ने, नेपाल दक्षिण एसियामै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई पहिचान अनुसारको नागरिकता दिने देश भनेर चिनाउने, संविधानमा लेखिएको अधिकार कार्यान्वयन गराउन पहल गर्ने लगायतका उत्तर दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.