डोटीका लक्ष्मणले तय गरे बेलायत यात्रा, मिस्टर गे वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने

डोटीका लक्ष्मणले तय गरे बेलायत यात्रा, मिस्टर गे वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ : स्वास्थ्य, शिक्षा र सम्पत्ति मध्ये कुन रोज्नु हुन्छ? डोटी बढीकेदारका लक्ष्मण मगरलाई निर्णायकले प्रश्न गरे।

लक्ष्मणले सबैभन्दा पहिला स्वास्थ्य रोज्ने जवाफ दिए। ‘व्यक्ति स्वस्थ हुनुपर्छ, स्वस्थ भएर शिक्षा आर्जन गर्नु पर्छ,’उनले भने,‘स्वास्थ्य मान्छेले शिक्षा आर्जन गर्न सक्छ, त्यसपछि पाउने भनेको सम्पत्ति अर्थात् धन हो।’

२२ वर्षका भए लक्ष्मण। अहिले ब्याचलर अध्ययनरत उनले नेपालमा ६ वर्ष पछि भएको मिस्टर गे नेपालको उपाधि उचाल्न सफल बने। ‘मायाको पहिचान नेपाललाई धन्यवाद दिन चाहन्छु,यो अवसर दिएकोमा,’उपाधि उचालेपछि लक्ष्मणले पहिचानसँग भने,‘जुन उद्देश्यले आएको थिए, त्यो उद्देश्य पुरा भयो।’

बेलायतमा हुने मिस्टर गे वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छन् लक्ष्मणले। लक्ष्मण आमा कमासरदेवी र बुबा कविरामको सपना पुरा गर्ने मात्रै नभएर नेपालको नाम विश्वभर फैलाउन थप मेहनत गरिरहेका छन्।

लक्ष्मणले आफू जस्तै समलिङ्गीहरूलाई खुलेर आउनका लागि प्रेरणाको स्रोत बन्ने लक्ष्य राखेका छन्। लक्ष्मणकी आमा बिरामी छन्। ‘आमा बिरामी हुनुहुन्छ,धनगढीमा उपचार भइरहेको छ,’उनले भने,‘उपाधि जित्न पाउने भने मलाई धेरै खुसी लागेको छ।’

मिष्टर गे नेपाल : लक्ष्मण मगरले पहिरिए उपाधि

मिस्टर गे नेपालको फस्ट रनर अप भएका अशोक कोइरालाले बालिका मात्रै नभएर बालक पनि यौन दुर्व्यवहारमा पर्ने गरेको जवाफ दिएका थिए। उनले बालिकासँगै बालकमाथि हुने यौन दुर्व्यवहारका घटना अन्त्य गर्ने अभियानमा रहेको बताए।

काठमाडौँ पेप्सीकोलाका कोइराला २६ वर्षका भए। उनी साथसाथ संस्थामार्फत समाजसेवामा लागिरहेका छन्। ‘संस्थाको कामलाई निरन्तर अगाडि बढाउने लक्ष्य छ,’उनले भने,‘बालिका मात्रै होइन बालक पनि यौन दुर्व्यवहारमा पर्दैनन् भन्ने छैन,यो अन्त्यका लागि काम गर्नेछु।’

मिस्टर गे नेपालको सेकेन्ड रनर अपको उपाधि नवीन जिसीले जितेका छन्। वेस्ट ड्रेस अवार्डको उपाधि युनिक चौधरी र फोटोजेनिकको अवार्ड सुनिल तामाङले पाए। वेस्ट वर्कको अवार्ड दिनेश चौधरीले पाए।

वेस्ट ट्यालेन्ट अवार्ड टिका बहादुर मगर र पब्लिक च्वाइस अवार्ड लक्ष्मण मगरले पाए। वेस्ट डिसिप्लेनको अवार्ड लासाङ दोर्जे बलले पाए। वेस्ट स्वीम सुट अवार्ड दिनेश चौधरी र मिस्टर कन्जिनियालिटी अवार्ड सुशील चन्दले पाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading