मिष्टर गे नेपाल : लक्ष्मण मगरले पहिरिए उपाधि

मिष्टर गे नेपाल : लक्ष्मण मगरले पहिरिए उपाधि

काठमाडौँ : मायाको पहिचान नेपालले आयोजना गरेको मिष्टर गे नेपाल २०२४ को उपाधि लक्ष्मण मगरले पहिरिएका छन्। उनी टप टेन, टप फाइभ हुँदै उपाधि जित्न सफल भए।

नेपालको प्रतिनिधित्व गर्दै बेलायतमा हुने मिष्टर गे वर्ल्डमा सहभागी हुने सुनिश्चित गरेका उनले एक लाख रुपैयाँ नगद पुरस्कार पाए। मिष्टर गे नेपालको फस्ट रनर अपको उपाधि अशोक कोइरालाले जितेका छन्। उनले ७५ हजार नगद पुरस्कार पाएका छन्।


मिष्टर गे नेपालको सकेण्ड रनर अपको उपाधि नवीन जिसीले जितेका छन्। प्रतियोगी नं ५ का जिसीले ५० हजार रुपैयाँ नगद पुरस्कार जितेका छन्। नगद पुरस्कार डाकिनी हस्पिटालिटी ग्रुपले प्रदान गरेको छ।

वेस्ट ड्रेस अवार्डको उपाधि युनिक चौधरी र फोटोजेनिकको अवार्ड सुनिल तामाङले पाए। वेस्ट वर्कको अवार्ड दिनेश चौधरीले पाए। वेस्ट ट्यालेन्ट अवार्ड टिका बहादुर मगर र पब्लिक च्वाइस अवार्ड लक्ष्मण मगरले पाए।

वेस्ट डिसिप्लेनको अवार्ड लासाङ दोर्जे बलले पाए। उनलाई मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले प्रदान गरे। वेस्ट पर्सनालिटी अवार्ड पवन ढकालले पाए। वेस्ट स्वीम सुट अवार्ड दिनेश चौधरी र मिष्टर कन्जिनियालिटी अवार्ड सुशील चन्दले पाए।

एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, सन् २०१७ का मिष्टर गे हेन्डसम मनिल सिंह, सन् २०१३ का विश्वराज अधिकारी, मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्ग, मिस पिंकको उपाधि विजेता यानि लामा लगायतले उपाधि प्रदान गरे।

मिष्टर गे नेपाल : टप फाइभ घोषणा

मिष्टर गे नेपाल : टप टेन सार्वजनिक

मिष्टर गे नेपालको उपाधि विजेता लक्ष्मण मगरले नेपालको नाम विश्वभर फैलाउन र समलिङ्गीहरूको अधिकारका लागि वकालत गर्ने प्रतिक्रिया दिए। उपाधि विजेताहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार सुनिश्चित गर्न लागिरहने बताए।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले उपाधिहरू विजेताहरू इन्द्रेणी पर्यटन प्रवर्द्धन गर्ने दूत समेत भएको घोषणा गरे। संस्थाकी अध्यक्ष माया गुरुङ्गले हरेक वर्ष मिष्टर गे नेपाललाई निरन्तरता दिने प्रतिबद्धता जनाइन। ‘धेरै खुसी लागेको छ,’अध्यक्ष मायाले भनिन्,‘विजेता एवं सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु।’

मायाको पहिचान नेपाल भरखरै स्थापना भएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको हक अधिकारका लागि वकालत गर्दै आएको संस्था भए पनि ६ वर्षदेखि हुन नसकेको मिष्टर गे नेपाल आयोजना गर्न सफल भएको छ।

मायाको पहिचान नेपालले पर्यटन बोर्डसँगको सहकार्यमा शनिवार मात्रै इन्द्रेणी(रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.