एन आई सी एसिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच सम्झौता

एन आई सी एसिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच सम्झौता

काठमाडौँ : एन आई सी एसिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच क्यापिटलको सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।

एन आई सी एसिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि IPO जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ।

सोही सेवा अन्तर्गत वडा नं.५, डाँडा गाउँ नगरपालिका, बुढानीलकण्ठ, काठमाडौँमा रजिस्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडलाई क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानुन बमोजिम कम्पनीको जारी पुँजीको १४ प्रतिशत अर्थात् रु.१०० अङ्कित दरका १०,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा प्राथमिक शेयर (IPO) निष्कासन गर्न एन आई सी एसिया क्यापिटल लिमिटेड र क्लासिक भ्यु रिसोर्ट बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।

क्लासिक भ्यु रिसोर्ट बुढानीलकण्ठ, काठमाडौँमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको छ। हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ। रिसोर्टको अध्यक्ष मुकुन्द राज कुँवर लगायत अन्य सञ्चालक तथा संस्थापक सेयर धनीहरूको रियल इस्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हासिल गर्नुभएका विज्ञ टिम द्वारा सञ्चालित क्लासिक भ्यु रिसोर्ट आर्थिक रूपमा समेत बलियो रहेकोले समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यवसायीक रूपमा सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ।

क्लासिक भ्यु रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट नजिकको दुरीमा अवस्थित रहेको हुँदा स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइको रिसोर्ट हुन सक्ने देखिन्छ। रिसोर्टले रमणीय परिवेश, सांस्कृतिक विसर्जन अनुभवहरू र पर्यावरण–मैत्रीपूर्ण वातावरण मार्फत ग्राहकहरूको अपेक्षाहरू पूरा गर्नका लागि उत्कृष्ट सेवा सुविधाहरू सहित विलासी आवासहरू देखि विविध भोजन, मनोरञ्जन लगायतका विभिन्न सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ।

अतुलनीय विलासिता, सांस्कृतिक विसर्जनको प्रतिज्ञा सहित दूरदर्शी नेतृत्व, बलियो वित्तीय आधार र उत्कृष्टताप्रति समर्पणको साथ, क्लासिक भ्यु रिसोर्ट नेपालमा लक्जरी आतिथ्यतालाई पुनः परिभाषित गर्दै आम सेवाग्राहीहरूलाई उच्च कोटिको सेवा सुविधा प्रदान गरी पहिलो रोजाइको रिसोर्ट बन्ने लक्ष्यका साथ अगाडी बढिरहेको छ। साथै क्लासिक भ्यु रिसोर्ट सञ्चालनको लागि इन्डियन ख्याति प्राप्त ब्रान्ड SAROVAR को “Royal Tupil” ब्राण्डसँग व्यवस्थापकीय सम्झौता समेत सम्पन्न भइसकेको छ।

एन आई सी एसिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीज्यूलाई मोबाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading