‘ब्रिफकेस’ बनेको नेपाली झोलाले उत्साहित सञ्चालक

‘ब्रिफकेस’ बनेको नेपाली झोलाले उत्साहित सञ्चालक

216
SHARES

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले विदेशमा रहेको ‘ब्रिफकेस’ मा बजेट वक्तव्य राखेर लैजाने परम्परा तोडेका छन्। उनले बजेट राख्नका लागि नेपालमा बनेको झोला नै प्रयोग गरे। स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन नेपालमा बनेको कपडाको झोला प्रयोग गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य पुस्तिका राख्न प्रयोग गरेको नेपाली झोला युनिक लेदर ह्यान्डिक्राफ्ट प्रालिले उत्पादन गरेको हो। झोलाको मूल्य दुई हजार पाँच सय रुपैयाँ पर्ने कम्पनीका सञ्चालक नवराज अधिकारीले जानकारी दिए।

झोला उत्पादनको कारखाना भक्तपुरमा रहेको छ। अर्थ मन्त्रालयले मङ्गलवार नै झोला खरिद गरेको जनाएको छ। देशको वार्षिक बजेट राख्न अर्थमन्त्री झोला प्रयोग गरेपछि कारखानाका सञ्चालक अधिकारी उत्साहित छन्।

झोला खरिद गर्न अर्थ मन्त्रालयका सहसचिव पुगेका थिए। अर्थमन्त्रीले नेपाली उत्पादन झोला प्रयोग गरेपछि अझ राम्रो गर्ने उत्साह जागेको सञ्चालक अधिकारीले बताए।

उनले नेपाली उत्पादन प्रयोग गर्न सबैलाई आग्रह गरे। कोरोना महामारी पछि ल्यापटप ब्याग बनाउन थालेको उनले बताए। ‘हामीले उत्पादन गरेको झोला बजेट राख्न प्रयोग हुन्छ भन्ने सोचेका पनि थिएनौ,’सञ्चालक अधिकारीले भने,’धेरै खुसी लागेको छ,अझ राम्रो गरौँ भन्ने उत्साह जागेको छ, अरूको पनि ध्यान खिचिन्छ भन्ने लागेको छ।’

उनले विदेशबाट हुने कपडाको आयात रोक्न सके नेपाली उत्पादनको बजार विस्तार हुने बताए। सरकारले नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर विदेशबाट कपडा ल्याउन रोक्नु पर्ने उनको भनाई छ।

सुनौँ सञ्चालक अधिकारीसँगको कुराकानी

समाचार शेयर गर्नुहोस्
216
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.