वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

272
SHARES

काठमाडौं : वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ। चाँडै एपी वान टेलिभिजन र म्युजिक नेपालद्वारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एन्ड मूभिज’ एपमा रिलिज हुनेछ।

यो सिरिजमा अभिनेत्री प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायत ३५० भन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ। अभिनेत्री प्रियङ्का कार्की सिरिजको लागि आफूले तीन वर्षभन्दा बढी समय दिएको बताउँछिन्।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले सङ्गम राई र अनीश तामाङसँग मिलेर खिचेका हुन्। २४ एपिसोड निर्माण गरिएको सिरिजको हरेक एपिसोड १ घण्टा लामो रहेको निर्माण कम्पनीले जानकारी दिएको छ।

नेपाल तथा भारतमा समेत चर्चित सुजय योङले निर्देशन रहेको सिरिज उनको नेपाली डेव्यु सिरिज समेत हो। यो सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन्।

उनले लकडाउनको बेला यो सिरिजको स्क्रिप्ट तयार पारेका थिए। ‘नेपालमा आफ्नो पहिलो प्रयास भएकाले यो सिरिजलाई दर्शकले मन पराउने विश्वास छ। यो एकदमै भिन्न कथा होइन तर भिन्न तरीकाले देखाउने प्रयास गरेका छौँ’, निर्देशक योङले भने।

साहु बाले प्रेम, विश्वासघात प्रतिसोधको कथा उठाएको छ। निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ। सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, सृजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ।

समाचार शेयर गर्नुहोस्
272
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.