बैमानी म्युजिक भिडियोमा युकिशान चन्द्रले निभाए खलपात्रको भूमिका

बैमानी म्युजिक भिडियोमा युकिशान चन्द्रले निभाए खलपात्रको भूमिका

520
SHARES

काठमाडौं : विश्व सङ्गीत दिवसको अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको रात्रिकालीन जीवनमा आधारित ‘बैमानी’ नामक म्युजिक भिडियो सार्वजनिक हुने भएको छ।

म्युजिक भिडियोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको वास्तविक जीवनलाई उजागर गरेको दाबी निर्माण पक्षले गरेको छ।

आउँदो शुक्रवार असार ७ गते कमलादीस्थित स्काई टावरमा म्युजिक भिडियो रिलिज हुने व्यवस्थापक, मोडल तथा मेकअप आर्टिस युकिशान चन्द्र बहादुर गुरुङ्गले जानकारी दिए।

म्युजिक भिडियोमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले भोग्नु परेका कथा व्यथा समेटिएको छ।

जीविकोपार्जनका लागि रात्रिकालीन समयमा घर बाहिर निस्कनु पर्दाको अवस्थालाई पनि म्युजिक भिडियोले उजागर गरेको गुरुङ्गले बताए। म्युजिक भिडियोको छायाङ्कन सुनधारास्थित क्लब भेन्समा गरिएको थियो।

म्युजिक भिडियोमा कलाकारको भूमिका चन्द्र गुरुङ्ग, आशिका गिरी र रियन्का न्यौपानेले निभाएका छन्। गुरुङ्गले म्युजिक भिडियोमा खलपात्रको समेत भूमिका निर्वाह गरेका छन्।

म्युजिक भिडियोको निर्माता एवं निर्देशक अमेरिका निवासी विकास घले गुरुङ्ग हुन् भने सङ्गीत मनिस शाही र स्वर चर्चित गायिका टिका प्रसाईँले दिएकी छन्। नृत्य निर्देशन प्रदीप हमाल, सह नृत्य निर्देशन सेरा साउद र छायाङ्कन रणधिर श्रेष्ठले गरेका छन्।

म्युजिक भिडियो बैमानी सङ्गीत महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भइसकेको छ। तेस्रो लिङ्गीहरूलाई हाँसोको पात्रका रूपमा मात्रै लिने गरेकोमा यो म्युजिक भिडियो बैमानीमा मुख्य भूमिका नै गर्न दिइएको गुरुङ्गले बताए।

समाचार शेयर गर्नुहोस्
520
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.