गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

229
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन्।

यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आइएमई बैङ्कको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० भन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिने ग्लोबल आइएमई बैङ्कले जनाएको छ।

साथै, यसै सम्झौता अनुसार कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैङ्कको तथा नेपालको अन्य बैङ्क तथा वित्तीय संस्थामा भएको बैङ्क खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन्।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो। बैङ्कका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैङ्किङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
229
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.