निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दशैं केन्द्रित ६१ ठाउँमा सुपथ मूल्यका पसल, नयाँ नोट नपाइने

दशैं केन्द्रित ६१ ठाउँमा सुपथ मूल्यका पसल, नयाँ नोट नपाइने

106
SHARES

काठमाडौं : यो वर्षको दशैं सुरु हुन एक महिना बाँकी रहँदा बजारमा चहलपहल बढ्न थालेको छ। किनमेल गर्ने उपभोक्ताको सङ्ख्या बढ्न थालेको व्यापारीहरूले सुनाएका छन्।

सरकारले पनि सुपथ मूल्यका पसल सञ्चालन गर्ने तयारी गरेको छ। आधिकारिक निर्णय नभए पनि असोज ७ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको छ।

लिमिटेडले यस वर्षको दशैँका लागि ६१ ओटा स्थानबाट सहुलियत दरमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ। गत वर्ष ४९ स्थानबाट खाद्यान्नको बिक्री थालेको खाद्यले यस पटक थप १२ स्थानमा सहुलियत पसल थप गर्ने तयारी गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन।

असोजको पहिलो हप्ताबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी भए पनि आधिकारिक निर्णय हुन बाँकी रहेको उने बताइन।

खाद्यले यस पटक खसी बोका र च्याङ्ग्रा पनि कम मात्रामा ल्याउने भएको छ। दर्शैपछि समेत बिक्न नसकेको र तापक्रम नमिल्दा च्याङ्ग्रा मरेपछि यसपटक पोहोरको तुलनामा कम ल्याउने सूचना अधिकारी सुवेदीले जानकारी दिइन।

कम्पनीले जिउँदो खसिबोका र च्याङ्ग्रा खरिदका लागि चार करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन समेत गरिसकेको छ।

नेपाल राष्ट्र बैङ्कले दशैंका लागि असोज १३ गते देखि २२ गतेसम्म सुकिला नोट साट्न पाइने बताएको छ। राष्ट्र बैङ्कले यो वर्ष नयाँ नोटको सट्टा सुकिला नोट साट्न पाउने व्यवस्था गरेको सूचना अधिकारी डा.भागवत आचार्यले जानकारी दिए।

एक व्यक्तिले ५ देखि १ सय रुपैयाँका १८ हजार ५ सय रुपैयाँको सुकिला नोट साट्न पाउनेछन्। सुकिला नोट साट्नका लागि असोज १३ सम्म कुर्न नपर्ने आचार्यले बताए। अहिले नै आफ्नो खाता भएको बैङ्कबाट सुकिला नोट साट्न पाइने उनले बताए।

यातायात व्यवसायी भने दशैँका लागि अग्रिम टिकट बुकिङको समय तोक्न सरकारको मुख हेरेर बसेका छन्। यसपटक पनि दशै मान्न नागरिकहरूलाई सहज रूपमा गाउँ पठाउन यातायात व्यवसायी तयारी अवस्थामा रहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन्। तर तालुकदार मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालय भने दशैँका विषयमा मौन रहेको बताउँदै उनले मन्त्रालयको निम्तो कुरिरहेको बताए।

यस वर्षको घटस्थापना असोज १७ गते परेको छ। टिकाको साइतका विषयमा भने सोह्र श्राद्ध लागेपछि मात्रै टुङ्गो लगाउने गरी छलफल भइरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
106
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.