ग्लोबल आइएमई बैङ्क ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैङ्क ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

321
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेष्ट बैङ्क नेपाल र बेष्ट बैङ्क ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ।

बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागेजिनका प्रतिनिधिले बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे।

सन् १९९२ मा युरो मनी म्यागेजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो। ग्लोबल आइएमई बैङ्कले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैङ्किङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैङ्कले गरेको लगानी तथा बैङ्कको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो।

युरो मनी म्यागेजिन बैङ्किङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ। युरो मनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन्।

यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैङ्क दोस्रो पटक बेष्ट बैङ्क नेपाल अवार्डबाट सम्मानित भएको हो। यसअघि पनि ग्लोबल आइएमई बैङ्कले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२–बेष्ट बैङ्क नेपाल’ प्राप्त गरेको थियो।

यस अघि पनि ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ। बैङ्कले अहिलेसम्म बैङ्क अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैङ्क २०१६, बेष्ट बैङ्क अवार्ड २०२४ र वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो। बैङ्कका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैङ्किङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स भित्र्याउने सुविधा दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
321
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.